मध्यपुरथिमि । नेपाल स्काउट, बागमती प्रदेश कार्यालयको आयोजना तथा स्थानीय स्काउट कार्यालय, मध्यपुरथिमिको सहकार्यमा "बिद्यालय केन्द्रित स्काउट शिक्षा अभिमुखिकरण कार्यक्रम-२०८१" आदर्श माध्यमिक विद्यालय, सानोठिमी, भक्तपुरमा भव्यरूपमा सम्पन्न भएको छ ।
बागमती प्रदेश स्काउटका सुशासन तथा वित्त आयुक्त डा. प्रणव कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मध्यपुरथिमि नगरपालिका, सामाजिक बिकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट, प्रमुख अतिथि, पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य र विद्यालयका प्रधानाध्यापक रामबाबु विशिष्ट अतिथि भएको कार्यक्रम सम्पन्न भएको छ ।
स्काउटिङ्ग अभियानमार्फत स्काउटको वृद्धि र बिकासको लक्ष्यका साथ आयोजित उक्त कार्यक्रममा राष्ट्रिय प्रशिक्षक तथा स्थानीय स्काउट कार्यालय, मध्यपुरथिमिका सदस्यता वृद्धि आयुक्त भुवनचरण श्रेष्ठ र स्थानीय आयुक्त तुल्सीहरि प्रजापतिले स्काउट बन्न ईच्छुक ५० जना बिद्यार्थीहरूलाई स्काउट शिक्षा दिएको थियो । जसअन्तर्गत स्काउटिङ्गको परिचय, ईतिहास, उद्देश्य, सिद्धान्त, नियम, गतिविधि एवं संरचना आदिजस्ता बिषयहरू पर्दछन् ।

