२०८३, कार्तिक ११ गते बुधबार

बिनायक स्प्रिङ क्याम्प सम्पन्न

बिनायक स्प्रिङ क्याम्प सम्पन्न


  • मेरोभ्यूज
  • फाल्गुण ११, २०८१ आइतबार

  • बिनायक स्प्रिङ क्याम्प सम्पन्न

    मध्यपुरथिमि । मध्यपुर थिमीस्थित बिनायक शिक्षा निकेतनको बिनायक स्काउट ट्रुपको एक राते दुई दिने स्प्रिङ क्याम्प सभ्य र भव्यरुपमा सम्पन्न भएको छ ।

    "मितव्ययिताका लागि स्काउट क्याम्प" भन्ने मूल नारासँग सञ्चालित क्याम्पको उद्घाटन समारोहमामा सभापति सुरेन्द्र बिक्रम प्रजापति र विशिष्ट अतिथि हरिबहादुर श्रेष्ठ, मध्यपुर स्काउटका पूर्व स्थानीय आयुक्तले स्काउट क्याम्पको महत्व बारे प्रकाश पारेका थिए ।

    क्याम्प अवधिभर स्काउटहरूले क्याम्प फायर, कुकिङ्ग, सरसफाइ, बीपी व्यायाम, धर्मसभा र विभिन्न क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाएका थिए ।

    उत्कृष्ठ प्रदर्शन गर्न सफल स्काउटहरूलाई पुरस्कृत पनि गरियो । समापन समारोहका प्रमुख अतिथि 'नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्य'ले स्काउटले व्यक्तिको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउने विचार व्यक्त गरे ।

    त्यस्तै, *राष्ट्रिय प्रशिक्षक भुवनचरण श्रेष्ठ*ले स्काउटिङ्ग क्रियाकलाप बारे जानकारी दिँदै स्काउटहरूलाई उत्प्रेरित गरेका थिए ।

    क्याम्पको संयोजन लक्ष्मी केशरी प्रजापति, गर्ल्स क्याम्प प्रमुख सानू चक्रधर, सहायक क्याम्प प्रमुख यमुना प्रजापति र *ब्वाइज क्याम्प प्रमुख दिलकृष्ण प्रजापति*ले गरेका थिए । क्याम्पमा ३१ जना स्काउटहरू र विद्यालयका अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो ।


    प्रकाशित : आइतबार, फाल्गुण ११ २०८१११:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार