२०८३, कार्तिक ११ गते बुधबार

मध्यपुर स्काउटको २४औं स्थापना दिवस सम्पन्न !

मध्यपुर स्काउटको २४औं स्थापना दिवस सम्पन्न !


  • मेरोभ्यूज
  • चैत्र २८, २०८१ बिहीबार

  • मध्यपुर स्काउटको २४औं स्थापना दिवस सम्पन्न !

    भक्तपुर । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिको गरिमामय २४औं स्थापना दिवस सभ्य र भब्यरूपमा सु-सम्पन्न भएको छ ।

    नगरप्रमुख तथा स्काउट संरक्षक सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा मध्यपुर महोत्सव-२०८१ मा क्षेत्रगत समितिहरूका स्काउटतर्फबाट संयोजक तथा सह-संयोजक र पुरै नगरभरि नै सुपरिवेक्षकको महत्वपूर्ण योगदान दिने वरिष्ठ स्काउटरहरू र सहभागी १९ वटा ट्रुपहरूलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

    राष्ट्रिय प्रशिक्षक तथा सदस्यता वृद्धि आयुक्त भुवनचरण श्रेष्ठले स्वागत मन्तव्य राख्दै मध्यपुर स्काउटको गौरवशाली ईतिहासबारे प्रकाश पारेका थिए ।

    विश्व शान्ति दिवस-२०२४ को उपलक्ष्यमा आयोजित शान्तिका लागि स्काउट बिषयक मध्यपुर थिमिब्यापी अन्तर ट्रुपस्तरीय चित्रकला प्रतियोगिता-२०८१ का बिजेताहरू र सहभागीहरूलाई पुरस्कार तथा प्रमाण-पत्र बितरण गर्दै प्रमुख अतिथि श्रेष्ठले मध्यपुर स्काउटले वास्तवमै उत्कृष्ट काम गरेर मध्यपुरको समृद्धिमा विशेष टेवा पुर्याइरहेको बिचार ब्यक्त गरे ।

    स्काउटको हरेक गतिविधिमा नगरपालिकाको साथ-समर्थन रहने प्रतिवध्दता पनि व्यक्त गरे ।

    त्यसैगरी, विशिष्ट अतिथिको मन्तब्य राख्दै वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण मंद्यो श्रेष्ठले खासगरी मध्यपुर महोत्सवमा स्काउटले निभाएको भूमिकाबाट आफू प्रभावित भएको र अझ असल कार्य गर्दै जान सकोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

    स्काउटर रबिना बजूले सञ्चालन गरेको सो समारोहमा नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले अतिथिको भावना पोख्दै मध्यपुर स्काउटको कार्यहरू उत्कृष्ट भएको र अझ राम्रो गर्दै देशकै नमूना संस्था हुनसक्ने बिचार राखे ।

    स्थानीय प्रमुख आयुक्त तुल्सीहरि प्रजापतिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बागमती स्काउटका सदस्यद्वय धर्मभक्त मल्ल तथा सानू चक्रधर, नगर स्काउट परिषद्का पदाधिकारीहरू, इकाइ अध्यक्षहरू, स्काउटरहरू, रोभर-रेञ्जरहरू तथा स्काउटहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    साथै, यस वर्ष सानोठिमीस्थित एसओएस (SOS) हर्मन माईनर बिद्यालयलाई ट्रुप सम्मान-२०८१ बाट सम्मानित गरिएको थियो ।


    प्रकाशित : बिहीबार , चैत्र २८ २०८१११:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार