२०८३, कार्तिक ११ गते बुधबार

निःशुल्क एम्बुलेन्स सेवा

निःशुल्क एम्बुलेन्स सेवा


  • मेरोभ्यूज
  • जेठ १०, २०८२ शनिबार

  • निःशुल्क एम्बुलेन्स सेवा

    सर्लाही । जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उनका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गरे ।

    अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो । अपराह्न उनले स्वस्थ शिशुलाई जन्म दिए । अर्को दिन उनलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ उनको निवास पुर्याइयो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् ।

    मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो ।

    नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ । नगरपालिकाले रु. वीस लाख दस हजारमा एम्बुलेन्स खरिद गरेर सेवा सुरु गरेको हो ।


    प्रकाशित : शनिबार, जेठ १० २०८२०९:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार