२०८३, कार्तिक ११ गते बुधबार

मौरीपालेर वार्षिक करिब आठ लाख आम्दानी

मौरीपालेर वार्षिक करिब आठ लाख आम्दानी


  • मेरोभ्यूज
  • जेठ १६, २०८२ शुक्रबार

  • मौरीपालेर वार्षिक करिब आठ लाख आम्दानी

    सुनसरी । यहाँको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु. आठ लाख भन्दामाथि आम्दानी गरिरहेको छ ।

    मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, भट्टराई ।

    “बुवाकै सल्लाहमा वि.सं. २०७२ मा मौरीपालन सुरु गरको हुँ”, उनले भने । हाल ६२ घार मौरी उनले पालेको छ । वार्षिक नौ देखि १२ क्विन्टलसम्म मह उत्पादन हुने र त्यसबाट रु. आठ लाख बढी आम्दानी गरिरहेको उनले बताए ।

    सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । मौरीलाई दैनिक स्याहार्नु पर्दैन । चार/पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उनको भनाइ छ ।

    भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहेको छ । यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ । घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा राख्नुपर्छ ।

    मौरीलाई फूल फुल्ने बोट बिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ । त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ ।

    भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक र काठमाडौंसम्म बिक्री हुने गर्छ । “अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु”, भट्टराईले भने, “महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण गरिन्छ । मैले धेरै जसो तोरी बारीमा, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु । अहिले प्रतिकेजी रु. एक हजारमा मह बिक्री गर्दै आएको छु । महसँगै रु. दस हजारका दरले मौरीसहितको घारसमेत बिक्री गर्दै आएको छु”, उनले भने ।

    इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ । यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरीपालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको स्रोत राम्रो रहेको उनको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, जेठ १६ २०८२०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार