२०८३, कार्तिक ११ गते बुधबार

निःशुल्क आँखा परीक्षण

निःशुल्क आँखा परीक्षण


  • मेरोभ्यूज
  • आषाढ ४, २०८२ बुधबार

  • निःशुल्क आँखा परीक्षण

    भोजपुर । भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

    नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको सो शिविरमा तीन सय पाच जनाले आँखा जाँचको सेवा लिएका थिए । शिविरमा मोतिविन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।

    विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका विरामीलाई पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

    उनले भने, “आर्थिक अवस्था कमजोर भएर अन्यत्र उपचारमा जान नपाएका पालिकावासीलाई स्थानीयस्तरमै सञ्चालन हुने स्वास्थ्य कार्यक्रमले राहत पुर्याउँदै आएको छ ।”

    ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका आँखा शिविर प्रभावकारी बनेको हतुवागढी आँखा उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए ।

    उनले भने, “शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा उपचार गरिने भएकाले शिविरहरु प्रभावकारी छन, यसले आर्थिक अवस्थाका कारण सेवा पाउनबाट वञ्चित नागरिकलाई पनि सहजता दिएको छ ।”

    गाउँघरमै निःशुल्क आँखाको परीक्षण, उपचार तथा शल्यक्रिया सेवा पाएपछि स्थानीयमा पनि उत्साह देखिएको छ । शल्यक्रियामार्फत आँखा देख्न पाएकोमा वृद्धवृद्धा खुसी भएका थिए ।


    प्रकाशित : बुधबार, आषाढ ४ २०८२०९:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार