२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिदै पूर्वधार

पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिदै पूर्वधार


  • मेरोभ्यूज
  • श्रावण २९, २०८२ बिहीबार

  • पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिदै पूर्वधार

     

    बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गाको प्रवर्द्धन गर्न थालेको छ ।

    एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएपछि नगरपालिकाले पूर्वधार निर्माणमा जोड दिएको छ ।

    जैमिनी–९ पैयुँथन्थापमा पर्ने उक्त हात्तीढुङ्गाका स्थानीय बुढापाकाका अनुसार वि.सं. २००६ तिर फेला परेको थियो । ठूलो ढुङ्गामा हात्तीको जस्तो सुँड छ ।

    उक्त ढुङ्गालाई वि.सं. २०१२ देखि गाउँलेले गणेशको रूपमा पूजा गर्दै आए पनि बाहिरबाट खास्सै भक्तजन जाँदैन्थे । अहिले प्रचार-प्रसार हुन थालेपछि जैमिनी र आसपासका क्षेत्रबाट पर्यटक पुग्ने गरेका छन् ।

    नगरपालिकाले हात्तीढुङ्गा क्षेत्रमा पर्यटकीय पूर्वधार निर्माण गर्दै आएको छ । यस वर्ष पनि संघीय शहरी विकास मन्त्रालयबाट विनियोजित रु. एक करोड लागतमा सडकलगायतका पूर्वधार निर्माण गरिएको छ ।

    नगर उपप्रमुख हरिहर शर्माले रु. ५० लाखमा बारीखेतदेखि हात्तीढुङ्गा जोड्ने सडक निर्माण गरिएको र रु. ५० लाखमा मन्दिर, खेलमैदान, सत्तललगायतका पूर्वधार निर्माण गरेको उनको भनाइ छ ।

    यसभन्दा अगाडि खानेपानी र शौचालयलगायतका संरचना बनाइसकेको शर्माले बताए । स्थानीयले पहिले सिद्धीविनायक गणेश मन्दिर गरेर पूजाआजा गर्दै आएको भन्दै सोही स्थानमा शिव मन्दिर निर्माण गरिएको शर्मा बताउँछन् ।

    उपप्रमुख शर्माले भने, “हात्तीढुङ्गा जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य हो, यसलाई पर्यटकीय र धार्मिक हिसाबले विकास गर्दै गइरहेका छौँ, पछिल्लो समय यहाँ आउने भक्तजनको सङ्ख्या पनि बढ्दै गएको छ, यहाँ नागरिकको पनि ठूलो लगानी छ, राज्यका विभिन्न निकायबाट हालसम्म रु. एक करोड ४० लाख बढी लगानी भएको छ, यसको प्रवर्द्धनका लागि नगरपालिकाले पनि निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ ।

    स्थानीय तुलबहादुर थापा यहाँ पूजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास रहेको हुँदा पछिल्लो समय धार्मिक पर्यटक बढ्न थालेको बताए ।

    खास गरि यहाँ शिवरात्रिमा ठूलो पूजाआजा हुने हुँदा जैमिनीसहित, बरेङ, बागलुङ, गुल्मीलगायतका ठाउँबाट भक्तजन आउने गरेको उनको भनाइ छ ।

    पहिले गाउँका स्थानीयले मात्रै पूजाआज गर्ने हात्तीढुङ्गामा अहिले टाढा–टाढाबाट भक्तजन आउन थालेपछि चहल-पहल बढ्ने गरेको थापा बताउँछन् । यहाँसम्म आइपुग्ने सडकलाई थप व्यवस्थित बनाउन जरुरी रहेको उनको भनाइ छ ।


    प्रकाशित : बिहीबार , श्रावण २९ २०८२१०:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार