२०८३, कार्तिक ११ गते बुधबार

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण


  • मेरोभ्यूज
  • भाद्र १, २०८२ आइतबार

  • माझी समुदायको भाषा जोगाउन प्रशिक्षण


    रामेछाप । आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् ।

    विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती समुदायका विभिन्न दस स्थानमा भाषा तथा संकृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ ।

    भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका–८ गाइखुराका वालकृष्ण माझीले जानकारी दिए ।

    रामेछापको मन्थली नगरपालिकास्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तिटार, सेलेघाट, भटौली र खाँडादेवी गाँउपालिकाको रजगाँउ गरी माझी समुदाय रहेको विभिन्न स्थानमा माझीहरुको भाषा र संस्कृतिका वारेमा पढाइ हुने गरेको छ ।

    पछिल्लो पुस्ताले भाषा, संस्कृति धर्म संस्कार नविर्सिउन भनेर जिल्लाका दस स्थानमा आफ्नो संस्थाको आयोजनामा यो कार्यक्रम सञ्चालनमा रहेको मजे सावा रामेछापका संयोजक श्रीबहादुर माझीले बताए ।

    माछा मार्नु, बिभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्यौली पेशा हो । नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश नदी तथा घाटमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण अहिले उनीहरुको पुर्ख्यौली पेशा लोप हुने अवस्थामा पुगेको छ ।

    भाषा र सस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको छ ।

    सङ्घीय तथा स्थानीयस्तरका भाषाविज्ञलाई परिचालन गरी हरेका दिनको बिहान दिनको दुई घण्टा माझी भाषासहित संस्कार र संस्कृतिका बारेमा पढाउने गरिएको छ ।

    यो भाषा पढेपछि आफूजस्ता बालबालालिका धेरैलाई माझी भाषा र संस्कृतिसम्बन्धि जानकारी भएकोले यो कार्यक्रम फाइदाजनक भएको स्थानीय विद्यार्थी सम्रता माझीले बताए ।

    रामेछापमा मझी भाषा मात्र हैन, हायुको भाषा, मगरको भाषा, नेवारी समुदायको भाषाजस्ता भाषा लोप हुने अवस्थामा छन् ।

    स्थानीय सरकारले आफ्नो पालिकामा रहेका विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृति जोगाउन आवश्यक पहल गर्न सके माझीको मात्र हैन सबै जातजातिको भाषा र संस्कृति जोगिने स्थानीय समाजसेवी गुन्जबहादुर बताउँछन् ।


    प्रकाशित : आइतबार, भाद्र १ २०८२१२:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार