२०८३, कार्तिक ११ गते बुधबार

अैंचाे पैंचो सहकारीको ३७औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार ६१ करोड नजिक

अैंचाे पैंचो सहकारीको ३७औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार ६१ करोड नजिक


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • अैंचाे पैंचो सहकारीको ३७औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार ६१ करोड नजिक

     

    काठमाडौं । अैंचाे पैंचो  बचत तथा ऋण सहकारी सस्था लि.को ३७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    हालै कालिमाटी काठमाडौंमा सस्थाका अध्यक्ष दयाराम प्रजापतिको सभापतित्व तथा पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष प्रजापतिद्वारा प्रस्तुत चालू आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभामा सस्थाका सचिवद्वारा प्रस्तुत प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लाभांश वितरण सम्बन्ध पारित भएका छ्न भने आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, लेखा संयोजक निर्वाचन सम्बन्धलगायत प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।

    प्रस्तुत प्रतिबेदन अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी ४ करोड ६१ लाख ५७ हजार ५०० रुपैयाँ हुँदा निक्षेप दायित्व ४३ करोड ३४ लाख ८८ हजार ४५६ रुपैयाँको भएको छ ।

    त्यसैगरी लगानी १४ करोड ४४ लाख ८८ हजार ६०० रुपैयाँ भइ जगेडा कोष ६ करोड ७७ लाख ९४ हजार ६७४ रुपैयाँ रहन गएको छ भने विविध कारोबार गरि चालू आ.व.मा सस्थाले ६० करोड ७२ लाख १३ हजार १० रुपैयाँको कूल कारोबार गर्न सफल भएको छ ।

    साधारणसभामा एसईई परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप प्रति व्यक्ति रु. २,००० बराबरको २० थान शेयर दिइएको जानकारी गराइएको थियो भने ८ प्रतिशत लाभांश वितरण गरिने घोषणासमेत गरिएको थियो ।

    साधारणसभामा सस्थाका अध्यक्ष प्रजापतिले विभिन्न उतारचढाव, संघर्ष, चुनौतीका बावजुद सस्था अगाडि बढिरहेको बताउँदै सस्थालाई अझ सशक्त प्रभावकारी विश्वाशिलो जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    प्रमुख अतिथि क्षेत्रीले वर्तमान घडिमा पनि सस्थाले प्रगति गरिरहेको बताउँदै देशको वर्तमान आर्थिक अवस्थाबारे प्रकाश पारेका थिए ।

    कार्यक्रममा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, जनप्रतिनिधि, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो । साथै विभिन्न महानुभवहरुलाई सम्मान तथा मायाको चिनोसमेत प्रदान गरि साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२११:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार