२०८३, कार्तिक ११ गते बुधबार

टक्सारमा लाखेजात्रा

टक्सारमा लाखेजात्रा


  • मेरोभ्यूज
  • भाद्र २८, २०८२ शनिबार

  • टक्सारमा लाखेजात्रा

     

    भोजपुर । भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् भएको छ । यहाँ दुई सय दस वर्ष अघिदेखि निरन्तर लाखेजात्रा मनाइदै आएको बताइन्छ ।

    परम्परा र संस्कृति जगेर्नाका लागि निरन्तर जात्रा मनाउने क्रम चलिरहेको भाषा प्रशिक्षक तथा अगुवा प्रेमकुमार शाक्यले जानकारी दिए ।

    भोजपुर टक्सारमा लाखेजात्रा प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिनदेखि शुरु गरी कृष्ण जन्माष्टमीका दिनसम्म मनाउने परम्परा रहँदै आएको उनले जानकारी दिए ।

    प्रशिक्षक शाक्यले भने, “परम्परागत संस्कार र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले टक्सारमा जात्रा मनाउन क्रम निरन्तर जारी छ ।”

    स्थानीय विमल रणपेहलीले स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच शुरु भएको बताए ।

    संस्कार र संस्कृति जगेर्नामा टक्सारका नेवार समुदाय मात्र नभइ सबै समुदायका व्यक्ति सक्रिय रहेको उनले बताए ।

    टक्सार बजारमा श्रीकृष्ण जन्माष्टमीमा लाखेजात्रासँगै मेलासमेत लगाउने परम्परा रहँदै आएको छ ।

    तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा वि.सं. १८७२ मा स्थापित टक्सार ऐतिहासिक धार्मिक सम्पदाहरू भएको बजार हो ।

    यहाँ ललितपुरको पाटनमा भएका प्रायः धर्मिक सम्पदाहरू स्थापित गरिएका छन् । स्थानीय भीमसेन स्थानको परिसरमा टक्सार खानी अड्डाको स्थापना भएपछि सो अड्डाबाट तामाका एक पैसे र दुई पैसे डोली पैसा छापिन गर्दथ्यो ।

    एक तोला र दुई तोलाको डोली पैसा तौल गर्ने कार्यमा पनि प्रयोग गरिने भएकाले यिनीहरुलाई स्थानीय भाषामा ढःढेवा अर्थात् ढक पैसा पनि भनिन्थ्यो । यहाँ ‘टक्सार’ स्थापना भएपछि गाउँकै नाम टक्सार रहन गएको इतिहास पाइन्छ ।


    प्रकाशित : शनिबार, भाद्र २८ २०८२११:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार