२०८३, कार्तिक ११ गते बुधबार

मन्दिर निर्माण

मन्दिर निर्माण


  • मेरोभ्यूज
  • आश्विन ४, २०८२ शनिबार

  • मन्दिर निर्माण

     

    बागलुङ । अन्तरराष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको सहयोगमा राधाकृष्ण मन्दिर निर्माण गरेको छ । बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुदुर्केमा मन्दिर तथा सभाहल निर्माण गरिएको छ ।

    मन्दिर श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रभु पत्रिदास र महाविष्णु महाराजले उद्घाटन गरेको हो । इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट सङ्कलित रकमबाट रु. दुई करोड ५० लाखभन्दा बढी रकम खर्चेर सुविधासम्पन्न सभाहलसहित मन्दिर निर्माण गरिएको हो ।

    इस्कोन बागलुङका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदासले दानमुठीकै भरमा सयौँ वर्ष पुरानो यहाँको लक्ष्मीनारायण मन्दिर पनि जीर्णोद्धार गरिएको छ ।

    यहाँको लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा इस्कोन गण्डकीको कृष्णगण्डकी परियोजना सञ्चालनमा छ । परियोजनाको पहिलो चरणमा राधाकृष्ण मन्दिर र सत्सङ्ग हल निर्माण गरेर उद्घाटन गरिएको भए पनि परियोजना सम्पन्न गर्न र रु. ४३ करोडको डिपिआर बनाइएको छ ।

    तीन वर्षअघि निर्माण भएको डिपिआरअनुसार कृष्णगण्डकी परियोजनामा शालग्राम भगवान्को दर्शन गर्न स्नान गर्ने, अतिथि आवास गृह, सभाहल, मन्दिर र धर्मशाला निर्माण गरिनेछ । कालीगण्डकी र शालग्रामको महत्व बुझाउन गण्डकी स्नानकक्षसहित कालीगण्डकी किनारमै ध्यानस्थल पनि बनाइनेछ ।


    प्रकाशित : शनिबार, आश्विन ४ २०८२०१:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार