२०८३, कार्तिक ११ गते बुधबार

पुष्कर सहकारीको १८औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

पुष्कर सहकारीको १८औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • आश्विन ११, २०८२ शनिबार

  • पुष्कर सहकारीको १८औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

     

    काठमाडौं । पुष्कर बचत तथा ऋण सहकारी सस्था लि. पुरानो सिनामंगल काठमाडौंले १८औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।

    काठमाडौं, पेप्सिकोलामा सस्थाका अध्यक्ष मनमोहन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले कोषाध्यक्षको प्रतिबेदन, लेखापरीक्षकको प्रतिबेदन, लाभांश वितरण सम्बन्ध, आ.व. २०८२/०८३ को बजेट सम्बन्ध पारित गरेको छ भने आगामी आ.व.को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    सस्थाको चालू आ.व.को वासलात प्रतिबेदन अनुसार शेयर पूँजी ३ करोड ३८ लाख ५४ हजार ३०० रुपैयाँको भएको छ भने बचत निक्षेपतर्फ १४ करोड १० लाख ९ हजार ५३९ रुपैयाँ हुँदा ऋण लगानी १५ करोड ८१ लाख ८८ हजार ९४६ रुपैयाँ भइ जगेडा १ करोड ९७ लाख ५५ हजार ७२२ रुपैयाँ रहन गएको छ ।

    त्यसैगरी विविध कारोबार गरी चालू आ.व.मा सस्थाले २० करोड ६४ लाख ८५ हजार ३७० रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, सहकारीमा आवद्ध कारोबारीहरुको उपस्थिति रहेको थियो ।


    प्रकाशित : शनिबार, आश्विन ११ २०८२११:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार