२०८३, कार्तिक ११ गते बुधबार

आवर ओन सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न

आवर ओन सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • आश्विन २७, २०८२ सोमबार

  • आवर ओन सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । आवर ओन बचत तथा ऋण सहकारी सस्था लि. सोर्हखुट्टे काठमाडौंको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं, नयाँबजारमा हालै सस्थाका अध्यक्ष उपेन्द्रकुमार खनालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष खनालद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गर्दै चालू आ.व.को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरणसमेत पारित गरेको छ भने सस्थाको आगामी बजेट सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी १ करोड २६ लाख ३००० रुपैयाँको भएको हुँदा बचत तथा निक्षेप २ करोड ७६ लाख २६ हजार ९३५ रुपैयाँ भइ कर्जा लगानी ४ करोड ८७ लाख ७६ हजार ४५० रुपैयाँको हुन गएको छ ।

    विविध कारोबार गरी चालु आ.व.मा सस्थाले ५ करोड ३५ लाख ५६ हजार ५०७ रुपैयाँको कूल कारोबार गरेको आयोजित साधारणसभामा जानकारी गराइएको थियो ।

    साधारणसभामा सहकारीमा आवद्ध व्यक्तित्वहरुले आ-आफना धारणा राखेका थिए भने अभियन्ता, सहकारीकर्मी, सस्थासँग सम्बन्धित कारोबारीलगायतको उपस्थिति रहेको थियो । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : सोमबार, आश्विन २७ २०८२०९:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार