२०८३, कार्तिक ११ गते बुधबार

विभिन्न प्रस्तावहरु पारित गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावरको दसौं बार्षिक साधारणसभा सम्पन्न

विभिन्न प्रस्तावहरु पारित गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावरको दसौं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • आश्विन २९, २०८२ बुधबार

  • Sanima Saccos 29a .jpg

    काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले दसौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    कम्पनीका अध्यक्ष विनयकुमार श्रेष्ठको सभापतित्वमा काठमाडौं, चन्डोलमा बुधबार सम्पन्न सो साधारणसभाले कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    आ.व. २०८१/०८२ को लेखापरीक्षण प्रतिबेदन, आ.व. २०८२ असारमसान्तसम्मको वित्तीय विवरण, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, रिक्त रहेको एकजना स्वतन्त्र संचालक नियुक्ति गर्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    चालु आ.व.मा कम्पनीले आफ्नो केन्द्रबाट ३६०.७८ गिगावाट विद्युत विक्री गरी कूल रु. १,९७,२५,८६,२७६/०० आम्दानी गरेको छ ।

    आयोजनाको कुल अनुमानित निर्माण लागत रु. १३,९७,००,००,०००/०० रहेकोमा २३.८५ प्रतिशत स्वपूँजी र ७६.१५ प्रतिशत बैंक कर्जा रहेको सो कम्पनीले विभिन्न बैंक, वित्तीय सस्थाहरुसंग भएको सम्झौताअन्तर्गत स्विकृत कुल कर्जा रु. १०,६३,७८,००,०००/०० रकम मध्ये आ.व. २०८१/०८२ सम्ममा रु. ९,८८,७७,६१,७७४/०० उपयोग गरेको जनाएको छ ।

    त्यसैगरी आ.व. २०८१/०८२ को असार मसान्तसम्ममा कर्जा रकम वापत सावाँ रु. २३,१७,४३,४२५/०० र व्याज बापत रु. ७७,७९,०७,०५८/०० भुक्तान गरिएको कम्पनीले जनाएको छ ।

    आ.व. २०८१/०८२ को अन्त्यसम्म कम्पनीको अधिकृत पूँजी ३,५०,००,००,००० रुपैयाँ रहेको छ भने जारी पूँजी ३,३३,२५,००,००० रुपैयाँ र चुक्ता पूँजी ३,३३,२४,९७,००० रुपैयाँ रहन गएको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट उठेका सवालहरुको जवाफ कम्पनी अध्यक्ष श्रेष्ठ र महाप्रबन्धक सुदिप रोकाले दिएका थिए ।

    ताप्लेजुङ जिल्ला स्थित ७३ मे. वा. क्षमता जडित मध्य तमोर जलविद्युत आयोजनाले २०८१ बैशाखबाट व्यापारिक उत्पादन शुरु गरेको हो भने कम्पनीको प्रधान कार्यालय धुम्बाराही काठमाडौंमा अवस्थित छ ।

    Sanima Saccos 29b .jpg


    प्रकाशित : बुधबार, आश्विन २९ २०८२१०:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार