
काठमाडौं । श्वेत गङ्गा हाइड्रोपावरको एन्ड कन्ट्रक्सन लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, सुकेधारामा हालै कम्पनीका अध्यक्ष अनुपकुमार उपाध्यायको सभापतित्वमा सम्पन्न सो साधारणसभामा कम्पनीको संचालक समितिद्वारा प्रस्तुत चालु आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित भएको छ ।
लेखापरीक्षकको प्रतिबेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा/ नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्ध तथा विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।
रामेछाप र ओखलढुंगा जिल्लाको सिमाना भएर बग्ने लिखु नदीबाट २८.१ मेगावाट क्षमता तल्लो लिखु जलविद्युत आयोजनाले साधारणसभामा दिइएको जानकारी अनुसार चालु आ.व.मा १३,९०,८६,२८८ किलोवाट घन्टा विद्युत उत्पादन गरेको छ ।
विद्युत विक्रीबाट कम्पनीले रु.७८,६५,२५,८६३/०० आम्दानी गरेको छ भने रु.१७,९९,४११/०० खुद नाफा आर्जन गर्न कम्पनी सफल भएको छ ।
सह-वित्तियकरण बैंक कर्जा सम्झौताअन्तर्गत स्वीकृत कर्जा रकम मध्ये आ.व. २०८१/०८२ सम्म विकास निर्माणमा रु. ५,१६,८५,७२,२१८/०० रकम उपभोग गरेको कम्पनीले जनाएको छ ।
चालु आ.व.मा बैंकहरुलाई सावाँ बापत रु.२१,३७,४७,२६६/०० र व्याज बापत रु. ४३,९२,७२,१९६/०० भुक्तानी गरेको छ भने विद्युत उत्पादन रोयल्टी बापत कम्पनीले नेपाल सरकरलाई रु. २८,१०,०००/०० र उत्पादित विद्युत उर्जा विक्री वापत रु. १,५७,६१,४१६/०० भुक्तान गरेको कम्पनीले जनाएको छ ।
वि.सं. २०८२ को अन्त्यसम्म कम्पनीको अधिकृत पूँजी १,६०,००,००,०००/०० रहँदा जारी पूँजी १,५९,३०,००,०००/०० र चुक्ता पूँजी १,५९,२९,०६,०००/०० रहेको छ ।
साधारणसभामा श्रव्यदृश्यमार्फत आयोजनाबारे प्रकाश पारिएको थियो भने शेयरधनीहरुबाट राखिएका सवालहरुको जवाफ कम्पनी अध्यक्ष उपाध्याय र अन्य पदाधिकारीले दिएका थिए साथै १ महिलासहित ४ संचालक निर्वाचित गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


