
काठमाडौं । अंकुर बचत तथा ऋण सहकारी सस्था लि. काठमाडौं, धुम्बाराहीको १८औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष राजनकुमार आचार्यको सभापतित्वमा सम्पन्न सो साधारणसभाले सस्थाको तर्फबाट अध्यक्ष आचार्यद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन, आ.व. २०८२ को वासलात, आयव्याय विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी २ करोड ३९ लाख ७३ हजार ५०० रुपैयाँको भएको छ ।
बचत तथा निक्षेप १३ करोड ८० लाख ७५ हजार ७१५ रुपैयाँ भइ कर्जा लगानी १२ करोड ४५ लाख ४ हजार ६५५ रुपैयाँको हुन गएको छ । २ करोड १७ लाख ५१ हजार ३६३ रुपैयाँ कूल आम्दानी गर्न सहकारी सफल भएको छ भने विविध गरी चालु आ.व.मा सस्थाले १८ करोड ५७ लाख ४१ हजार ९२२ रुपैयाँको कूल कारोबार गरेको छ ।
साधारणसभामा सस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, ज्येष्ठ सदस्य, एसइइमा उत्कृष्ट अङ्क ल्याउने विध्यार्थी, सस्थामा आवद्ध कर्मचारीलगायतलाई नगदसहित सम्मान गरिएको थियो भने गरिव तथा जेहेन्दार छात्रछात्राहरूलाई स्टेशनरी रकमसमेत प्रदान गरिएको थियो ।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, सहकारीमा आवद्ध कारोबारी, समाजसेवीलगायतको उपस्तिथि रहेको थियो ।
साथै साधारणसभाले सस्थाको आगामी कार्यकालको लागि पुन: राजनकुमार आचार्यको नेतृत्वमा सस्थाको नयाँ संचालक समिति चयन गरेको छ भने दिपेश खरेललाई सस्थाको व्यवस्थापनको जिम्मा दिइएको छ । यसैबीच विविध कार्यक्रम गरी साधारणसभा सम्पन्न भएको थियो ।


