
काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी सस्था लि. काठमाडौं, शान्तिनगरको २९औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
काठमाडौं, बानेश्वरमा निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेको सभापतित्वमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितीद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखापरीक्षकको प्रतिबेदन, आगामी बजेट सम्बन्ध पारित गरेको छ भने संचालक समितिको निर्वाचन सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायत प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाबमा जनाइए अनुसार चालु आ.व.को असार मसान्तसम्म सस्थाको शेयर पूँजी ४ करोड १२ लाख २३ हजार २०० रुपैयाँको भएको छ । निक्षेप हिसाब ३२ करोड ९६ लाख ३९ हजार ३४२ रुपैयाँ भइ कर्जा तथा सापटी २४ करोड ६९ लाख ८४ हजार ५२३ हुन गएको छ भने सस्थाको जगेडा कोष ३ करोड २२ लाख ३६ हजार ९२८ रुपैयाँ रहन गएको छ ।
यसैगरी विविध गरी चालु आ.व.मा सस्थाको कुल कारोबार ४४ करोड ११ लाख ८२ हजार ६०९ रुपैयाँको भएको छ ।
साधारणसभामा सस्थामा उत्कृष्ट कारोबार गर्ने मानबहादुर घिमिरे, शौरभ भट्टराई, सानु ढकाल, वर्षा बुढाथोकी, मिना कार्कीलाई सम्मान प्रदान गरिएको थियो भने ज्येष्ठ सदस्य भीमदेवी पोखरेल र नारायणप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।
त्यसैगरी अनन्त खनाललाई ज्येष्ठ सदस्य भत्ता वितरण गरिएको थियो भने सन्तोष बुढाथोकी र सरिता न्यौपानेलाई उत्कृष्ट विद्यार्थी सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीतर्फ युनिशा आरन अवाल सम्मानित भएकी थिइन ।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, अर्थ विज्ञ, जनप्रतिनिधि, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने साधारणसभाले सस्थाको आगामी कार्यकालका लागि संचालक समितिको अध्यक्षमा ताराप्रसाद घिमिरेलाई चयन गर्दै अन्य संचालक समिति सदस्य तथा लेखा समिति संयोजक तथा सदस्य चयन गर्दै विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।
यसैबीच सस्थाका प्रमुख कार्यकारी अधिकृत बल्देबकुमार पौडेलले सस्थाको व्यस्थापन पक्षको बारेमा प्रकाश पार्दै रचनात्मक भूमिका निभाएका थिए ।


