२०८३, कार्तिक ११ गते बुधबार

गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारीको १२औं बार्षिक साधारणसभा सम्पन्न, नेतृत्वमा पुन: बाँस्कोटा

गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारीको १२औं बार्षिक साधारणसभा सम्पन्न, नेतृत्वमा पुन: बाँस्कोटा


  • मेरोभ्यूज
  • मंसिर १, २०८२ सोमबार

  • Ganeshman Saccos Agm 1a .jpg

    काठमाडौं । गणेशमान सिंह मेमोरियल स्वस्थ्य सहकारी सस्था लि.को १२औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

    ललितपुर, महालक्ष्मीस्थानमा सहकारीका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाको सभापतित्वमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष बाँस्कोटाद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन, आ.व. २०८२/०८३ नीति तथा कार्यक्रम पारित गरेको छ भने गणेशमान सिंह हस्पिटलको शेयर लिने वा बिक्री सम्बन्ध, निर्वाचन सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी १० करोड ९० लाख ७० हजार रुपैयाँको भएको छ भने बचत तथा निक्षेप ३ करोड ५२ लाख ५५ हजार ५४२ रुपैयाँ भइ लगानी हिसाब १३ करोड २० लाख ९९ हजार १०० रुपैयाँको हुन गएको छ ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, स्वास्थ्यकर्मी, संस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको सो साधारणसभामा कारोबारीहरुबाट उठाइएको जिज्ञासाको समाधान अध्यक्ष बाँस्कोटाले गरेका थिए भने साधारणसभाले सस्थाको आगामी कार्यकालका लागि संचालक समितिको अध्यक्षमा पुन: दिपक प्रकाश बाँस्कोटालाई चयन गरी अन्य संचालक समिति सदस्य तथा लेखा समिति संयोजक तथा सदस्यहरुसमेत चयन गरेको छ ।

    स्वास्थ्य सेवा क्षेत्रलाई मुख्य पृष्ठभूमिमा राखी संस्थाका सदस्यहरुलाई गणेशमान सिंह मेमोरियल हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवा तथा छुट दिइँदै आइरहेको समेत साधारणसभामा जानकारी दिइएको थियो । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Ganeshman Saccos Agm 1b .jpg


    प्रकाशित : सोमबार, मंसिर १ २०८२०७:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार