२०८३, कार्तिक ११ गते बुधबार

कविता                                    भागीदार

कविता                                    भागीदार


  • मेरोभ्यूज
  • मंसिर १०, २०८२ बुधबार

  • प्रकाशचन्द्र खतिवडा .jpgप्रकाशचन्द्र खतिवडा .jpg– प्रकाशचन्द्र खतिवडा

    प्रकाशचन्द्र खतिवडा .jpg

     

    कविता

                                       भागीदार

                                                                            – प्रकाशचन्द्र खतिवडा

    भत्केर आस्था

    विश्वासको पर्खाल ढलेको छ,

    रोएर मान्छे

    शोकमग्न भएको छ,

    म विश्वस्त छैन

    मान्छे

    मान्छे भएर बाँचेको छ ।

     

    मूल बाटोमै ठेस लागे पछि

    औला रगताम्मे भएको छ,

    अवरुद्ध छ यात्रा

    मलाई भड्खालोमा हालेर

    मेरो हितैषी साथी

    यात्राबाटै वेपत्ता भएको छ,

    म उसको भलो चिताउँछु

    उ मेरो कुभलो चिताउँछ किन ?

    मैले उसको यात्रामा साथ दिएकै थिएँ

    उ मेरो यात्रा विथोल्छ किन ?

     

    भूकम्पले च्यातिएको छ वृद्धाश्रम

    वृद्धवृद्धा सुरक्षित छैनन्

    आखाँबाट वर्षि रहेछ आँसु

    एक्ला एक्लै रोइ रहेछन अनाथहरु

    रित्तै छ अनाथलय

    छैनन सुसारेहरु ।

     

    म अनेकौ अड्चन बेहोरेर

    यात्रामा निस्किएको छु

    म वृद्धवृद्धाको मन छामेर

    अनाथहरुको जिन्दगी पढ्दै छु

    वृद्ध वृद्धहरु

    डाँडाको जून घाम जस्तै भएका छन्

    अनाथहरु

    फक्रनै लागेका कोपिला जस्ता लाग्छन्

    म वृद्धवृद्धा र अनाथहरुको विचमा छु

    उनीहरुको भविष्य सुरक्षित छैन

    म पीडाले छट्पटिन्छु ।

     

    आमाहरुको जुलुस सडकमा छ,

    उनीहरु हराएका छोरा छोरीको खोजिमा छन्

    सडक चुपचाप नारा सुन्छ

    सडकमै विद्रोह बोलिन्छ

    सडकमै टायर  बालिन्छ

    म अनाथहरुको जुलुस लिएर

    वृद्धवृद्धाको आर्शीवाद थाप्न

    वृद्धाश्रम पुग्छु

    मलाई देखेर

    वृद्धवृद्धा

    आशाको त्यान्द्रो

    भेटिए जस्तो गर्नु हुन्छ,

    नानी !

    हाम्रा छोराछोरीको के खबर छ ?

    कतै देखेनौ ?

    कतै भेटेनौ ?

    दःुख सुख साट्नै पाइएन

    एक पटक भेटौ भनेको

    भेट्नै पाइएन

    मैले उचित जवाफ दिन सकिनँ

    मेरो मन कुँडिएर आयो

    म सोचमग्न भएँ

    किन जन्मन्छन कपुतहरु ?

    आमा बा को मन रुवाएर

    पापको भागीदार बन्न ।  

                                                                    सुन्दरहरैंचा –६, दुलारी, मोरङ

                                                                               ९८४२०७३५२५


    प्रकाशित : बुधबार, मंसिर १० २०८२१०:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार