२०८३, कार्तिक ११ गते बुधबार

विभिन्न प्रस्ताव पारित गर्दै यल बहुउद्देश्यीय सहकारीको २६औं बार्षिक साधारणसभा सम्पन्न

विभिन्न प्रस्ताव पारित गर्दै यल बहुउद्देश्यीय सहकारीको २६औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • मंसिर १६, २०८२ मंगलबार

  • Yala Saccos Agm 16b .jpg

    काठमाडौं । यल बहुउद्देश्यीय सहकारी सस्था लि. सौगल, ललितपुरको २६औं बार्षिक साधारणसभा हालै सम्पन्न भएको छ ।

    सस्थाका अध्यक्ष रामकृष्ण चित्रकारको सभापतित्वमामा सम्पन्न सो साधारणसभाले अध्यक्ष चित्रकारद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    आ.व. २०८१/०८२ को वासलात, नाफा/नोक्सान हिसाब, लेखापरीक्षकको प्रतिबेदन साधारणसभाले पारित गरेको छ भने सस्थाको आगामी बजेट सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी ३ करोड ४ लाख ७ हजार ८०० रुपैयाँको भएको छ भने बचत तथा निक्षेप १५ करोड ८३ लाख ७५ हजार ४८ रुपैयाँको भइ ऋण तथा सापट १२ करोड ७५ लाख ५ हजार ९८३ रुपैयाँको हुन गएको छ । साथै चालु आ.व.मा सस्थाले २२ करोड १५ लाख ९३ हजार ४५५ रुपैयाँको कूल कारोबार गरेको छ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, बुद्धिजिवी, सस्थाका संचालक सदस्यहरु, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो । यसैबीच विभिन्न कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Yala Saccos Agm 16a .jpg


    प्रकाशित : मंगलबार, मंसिर १६ २०८२१०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार