२०८३, कार्तिक ११ गते बुधबार

‘कला तथा सांस्कृतिक महोत्सव-२०८२’

‘कला तथा सांस्कृतिक महोत्सव-२०८२’


  • मेरोभ्यूज
  • मंसिर १६, २०८२ मंगलबार

  • RatnaShrestha_KTM_RSS_16_IMG_20251202_145701.jpg

    काठमाडौं । नेपाली कला र संस्कृतिको परिचायक हस्तकलाका सामग्रीको प्रचार-प्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले भोलि मंसिर १७ गते बुधबारदेखि मंसिर २१ गते आइतबारसम्म  ‘कला तथा सांस्कृतिक महोत्सव–२०८२’ हुने भएको छ ।

    कला नगरी ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा हुने सो महोत्सवको बाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल हस्तकला महासङ्घले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

    प्रदर्शनीमा करिब २१ वटा ‘क्यानोपे’ र दसवटा टेबल स्टल रहने मंगरबार नेपाल हस्तकला महासंघ, माइतीघर हाइटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    महोत्सवमा हस्तकलाका सामग्रीका अतिरिक्त बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाक, शास्त्रीय सङ्गीत, विभिन्न विधाका चर्यानृत्य, अष्टमात्रिका र कार्तिक नाच, लोकनृत्यलगायत धाः बाजा, दमोखिं बाजा, नेपाल भाषाका लोकगीतको प्रस्तुती रहने महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए । उक्त प्रदर्शनीमा नेपालका मुखौटा ६० वटा र दक्षिण कोरीयाको ४० वटा मुखौटा प्रदर्शनी गरिने पनि जानकारी गराएको थियो । उक्त प्रदर्शनी बिहान १० बजेदेखि साँझ ७ बजेसम्म रहने महासङ्घले जनाएको छ ।

    Hastakala 16d .jpg


    प्रकाशित : मंगलबार, मंसिर १६ २०८२०९:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार