२०८३, कार्तिक ११ गते बुधबार

बेतबाँसका सामग्री बेचेर मासिक रु. ७० हजार आम्दानी

बेतबाँसका सामग्री बेचेर मासिक रु. ७० हजार आम्दानी


  • मेरोभ्यूज
  • मंसिर २९, २०८२ सोमबार

  • बेतबाँसका सामग्री बेचेर मासिक रु. ७० हजार आम्दानी

     

    कैलाली । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिकरूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु. ७० हजार आम्दानी गर्दै आएको छ ।

    लामो समयदेखि उनले आफ्नो हस्तकला सिप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै आएको हो ।

    चौधरीले आफ्नो उद्योगबाट घरायसी प्रयोगमा आउने थरिथरिका सामग्री बनाएर बिक्री गर्दै आएको हो ।

    उद्योग सञ्चालनमा उनलाई परिवारका सबै सदस्यले साथ दिएको छ । बेतबाँसका विभिन्न सामग्री बिक्री गरेर बालबच्चाको लालनपालन, शिक्षादिक्षा र घरपरिवारको सम्पूर्ण खर्च धान्दै आएको चौधरीले बताए ।

    “श्रीमान् श्रीमती र छोराछोरी गरी घरमा पाँच जनाको जहान छ । छोराछोरीलाई बिहान स्कुल पढ्न पठाएर बुढाबुढी यही काममा खटिन्छौँ । परिवारको सम्पूर्ण खर्चको मुख्यस्रोत यही उद्योग हो, अन्य कुनै पनि घरखर्च चलाउने बाटो छैन्” उनले भने, “सोही व्यवसायले परिवारको पूरै खर्च धान्दै आएको र केही बचत पनि हुने गरेको छ ।”

    शुरुमा व्यवसाय शुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो । घरखर्च र जीविकोपार्जनमा समस्या हुँदै आएकामा अहिले सोही व्यवसायबाट परिवारको सम्पूर्ण खर्चसँगै केही बचतसमेत हुन थालेको चौधरीले बताए ।

    शुरुका दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको छ ।

    “अहिले बजार पनि पाउन थालेकाले बिक्री प्रशस्त हुन्छ”, उनले भने, “अहिले ग्राहकको माग अनुसार सामग्री पुर्याउन सकिरहेका छैनौँ ।”

    व्यवसायी चौधरीले बेतबाट हेङुगर, फूलदानी, पिर्का, झुला, चुरा राख्ने हेङ्गरलगायत विभिन्न सामग्री बनाएर बिक्री गर्दै आएको छ ।

    हेङुगर रु. एक हजार छ सय, फूलदानी चार सय ५०, कुर्ची तीन हजार, बस्ने पिर्का रु. तीन सय ५० देखि रु. चार सय, झूला रु. दुई हजार पाच सयमा बिक्री गर्दै आएको उनले जानकारी दिए ।

    मासिकरूपमा रु. ७० हजार बराबरको कारोबार हुने जनाउँदै चौधरीले करिब ४० प्रतिशतसम्म फाइदा हुने बताए । विदेश नगएर थोरै भए पनि आफ्नै गाउँ-ठाउँमा काम गरेर आर्थिकोपार्जन गर्नु पर्दछ भन्ने सोचले सो व्यवसायमा आवद्ध भएको भनाइ छ ।


    प्रकाशित : सोमबार, मंसिर २९ २०८२०९:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार