
काठमाडौं । नेपाल प्रिन्टर्स एण्ड ट्रेडर्स सहकारी लि.(एनपिटिसी) को २९औं बार्षिक साधारणसभा हालै यहाँ सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष हरिप्रसाद दाहालको सभापतित्व तथा ओखलढुंगा जिल्ला विकास समितिका पूर्व सभापति खिलानाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सहकारीका अध्यक्ष दाहालद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिबेदनसहित सस्थाको आ.व. २०८१/०८२ को वासलात, आयव्यव विवरण, लेखा संयोजकको प्रतिबेदन साधारणसभाले पारित गरेको छ भने कार्यकारी संचालकद्वारा प्रस्तुत आगामी बजेट सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयरपूँजी ३ करोड ६० लाख ८६ हजार १०० रुपैयाँको भएको छ भने निक्षेप सङ्कलन ३० करोड १७ लाख ५८ हजार ६४८ रुपैयाँ भइ कर्जा लगानी ३४ करोड ३० लाख ८८ हजार १४ रुपैयाँको हुन गएको छ । १ करोड ६२ लाख ८८ हजार ७२८ रुपैयाँ जगेडा कोष रहन गएको सो सहकारीले विविध गरि चालु आ.व.मा ४२ करोड ५ लाख ६२ हजार ३१४ रुपैयाँको कूल कारोबार गरेको छ ।
साधारणसभामा ज्येष्ठ सदस्य, उच्च प्रशासक, समाजसेवी, प्लस टु मा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रा, सहकारीमा उत्कृष्ट कारोबार गर्ने सदस्यलगायतलाई दोसल्ला ओढाई प्रमाणपत्र, सम्मानपत्र तथा नगदसहित सम्मान गरिएको थियो भने सोही अवसरमा सहकारीको ३१औं बार्षिकोत्सव पनि मनाइएको थियो । यसैबीच विविध कार्यक्रमका साथमा साधारणसभा सम्पन्न भएको थियो ।


