२०८३, कार्तिक ११ गते बुधबार

भूगर्भ सिमेन्ट लिमिटेडको सातौं बार्षिक साधारणसभा सम्पन्न

भूगर्भ सिमेन्ट लिमिटेडको सातौं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष २, २०८२ बुधबार

  • भूगर्भ सिमेन्ट लिमिटेडको सातौं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । मङ्गलबार, प्रेस विज्ञप्ती जारी गर्दै बार्षिक साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको हो ।

    प्रेस विज्ञप्तीमा जनाइए अनुसार चालु आ.व. २०८१/०८२ मा कम्पनीको चुक्ता पूँजी रु. ५०,५०,००,०००/०० को १००:६० हकप्रद शेयर जारी गरी रु. ८०,८०,००,०००/०० र २० प्रतिशत साधारण शेयर जारी गरी चुक्ता पूँजी रु. १,०१,००,००,०००/०० हुने कम्पनीले जनाएको छ भने आ.व. २०८१/०८२ मा कम्पनीको रु.१६६.९८ करोडको कारोबार भएको र गत वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको समेत कम्पनीले जानकारी दिएको छ ।

    चालु आ.व.मा कम्पनीले रु. ३.१९ करोड नाफा गर्न सफल भएको छ भने चुक्ता पूँजीको २० प्रतिशत सर्वसाधारणलाई प्रदान गरिने गरी नेपाल धितोपत्र बोर्डसँग प्रक्रिया पूरा गरिसकेको समेत कम्पनीले बताएको छ ।

    यसैबीच साधारणसभा सम्बन्धी सबै प्रक्रिया पुरा गरी साधारणसभा सम्पन्न गरिएको समेत कम्पनीले जनाएको छ ।


    प्रकाशित : बुधबार, पौष २ २०८२०९:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार