२०८३, कार्तिक ११ गते बुधबार

बेनी–जोमसोम–कोरला सडक

बेनी–जोमसोम–कोरला सडक


  • मेरोभ्यूज
  • पौष १०, २०८२ बिहीबार

  • बेनी–जोमसोम–कोरला सडक

     

    म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ ।

    बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो ।

    उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ ।

    नागढुङ्गा–कैकुखोलाखण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर रु. ६३ करोडमा कालोपत्र र ढलान भएको छ ।

    राहुघाट–नागढुङ्गाखण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर रु. ६६ करोडमा काम सम्पन्न भएको छ ।

    त्यसैगरी, राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन् ।


    प्रकाशित : बिहीबार , पौष १० २०८२०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार