२०८३, कार्तिक ११ गते बुधबार

सक्षम सहकारीको १९औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

सक्षम सहकारीको १९औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • पौष १०, २०८२ बिहीबार

  • Sachhem Saccos Agm 10a .jpg

    काठमाडौं । सक्षम बचत तथा ऋण सहकारी सस्था लि. बुढानिलकण्ठ, कपन, काठमाडौंको १९औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

    धुम्बाराही, काठमाडौंमा सस्थाकी अध्यक्ष सोनाम छोटी शेर्पाको सभापतित्व तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष शेर्पाद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले प्रबन्ध संचालक कृष्णप्रसाद खनालद्वारा प्रस्तुत आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम, लेखापरीक्षकको प्रतिबेदन, वासलात सम्बन्ध पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरू साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी ३ करोड ६२ लाख ६६ हजार ५०० रुपैयाँको भएको छ । ऋण सापटी २३ करोड ६० लाख ९५ हजार ७८३ रुपैयाँ भइ निक्षेप २१ करोड ४१ लाख ५८ हजार ५४ रुपैयाँ हुन गएको छ । जगेडा कोष १ करोड ४० लाख ९८ हजार ७२६ रुपैयाँ रहन गएको सो सहकारीले चालु आ.व.मा २९ करोड ३१ लाख ५४ हजार ४४९ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा एसइइ परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने ६ जना, प्लस टु मा उतिर्ण ४ जना विध्यार्थीलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको थियो भने सस्थाका सदस्यहरुबाट ज्येष्ठ नागरिक ५, एकल महिला १, अतिरिक्त क्षमता भएका १, असल ऋणी २, तथा उत्कृष्ट कर्मचारीसमेतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सहकारीकर्मी, अभियन्ता, समाजसेवी, शिक्षासेवी, अर्थविद, कानूनविद्, जनप्रतिनिधि, सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको सो साधारणसभा विभिन्न कार्यक्रमका साथमा सम्पन्न भएको थियो ।

    Sachhem Saccos Agm 10b .jpg


    प्रकाशित : बिहीबार , पौष १० २०८२१०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार