२०८३, कार्तिक ११ गते बुधबार

धनसार बचतमा पुन: श्रेष्ठको नेतृत्व

धनसार बचतमा पुन: श्रेष्ठको नेतृत्व


  • मेरोभ्यूज
  • पौष १३, २०८२ आइतबार

  • Dhansar Saccos Agm 13a .jpg

    काठमाडौं । धनसार बचत तथा ऋण सहकारी सस्था लि. भद्रकालीप्लाजा, काठमाडौंको १७औं बार्षिक साधारणसभाले सस्थाको संचालक समितिको अध्यक्षमा पुन: टङ्कलाल श्रेष्ठलाई चयन गरेको छ ।

    नयाँ बानेश्वर, काठमाडौंमा शनिबार सम्पन्न सो साधारणसभाले उपाध्यक्षमा बिनोद आचार्य, सचिबमा रोशन पाण्डे, कोषाध्यक्षमा बेनप्रसाद तिमल्सिनालाई चयन गरेको छ भने संचालक सदस्यहरुमा लक्ष्मी थापा, साबित्रा भट्टराई, गुनु खनाल, कमल अर्याल तथा दिपक चौलागाईं चयन भएका छन् ।

    त्यसैगरी साधारणसभामा लेखा संयोजकतर्फ तिर्थराज अधिकारी तथा सदस्यहरुमा मन्जु पाण्डे र गङ्गाधर ज्ञवाली चयन भएका छन् ।

    साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने चालु आ.व.को आर्थिक प्रतिबेदन, आगामी आ.व.को बजेट तथा कार्यक्रम, विभिन्न लेखा प्रतिबेदनको साथमा आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    यसैगरी साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी १ करोड १७ लाख ६१ हजार रुपैयाँको भएको छ भने ऋण तथा सापट १२ करोड ७७ लाख ८४ हजार २८९ रुपैयाँ भइ बचत तथा निक्षेप १२ करोड १८ लाख ६१ हजार ७७२ रुपैयाँ कायम हुन गएको छ । जगेडा कोष १ करोड ४५ लाख ६ हजार ६१८ रुपैयाँ रहन गएको सो सहकारीले विविध कारोबार गरी चालु आ.व.मा १६ करोड ३० लाख २ हजार २७६ रुपैयाँको कूल कारोबार गरेको छ ।

    सहकारीकर्मी, अभियन्ता, सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको सो साधारणसभामा एसइइ, प्लस टुमा उत्कृष्ट अङ्क ल्याउने विध्यार्थी २ जनालाई सम्मान गरिएको थियो ।

    साधारणसभा सस्थाका सस्थापक अध्यक्ष कुलबहादुर आचार्यको प्रमुख आतिथ्य तथा हालै निर्वाचित अध्यक्ष टङ्कलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

    साथै सहकारीमा मुल बिषय सहभागिता रहेको, सहकारी साक्षरता कार्यक्रम जरुरी रहेको, हातेमालो गर्दै एक्यवद्धताका साथ अघि बढनु पर्ने र पारदर्शी नीति नियमको पालना गर्नु पर्नेमा वक्ताहरूले साधारणसभामा जोड दिएका थिए ।

    Dhansar Saccos Agm 13b .jpg


    प्रकाशित : आइतबार, पौष १३ २०८२०८:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार