२०८३, कार्तिक ११ गते बुधबार

गल्कोट घुम्टे सहकारीको २१ औं बार्षिक साधारणसभा सम्पन्न कारोबार ५३ करोड नाघ्यो

गल्कोट घुम्टे सहकारीको २१ औं बार्षिक साधारणसभा सम्पन्न कारोबार ५३ करोड नाघ्यो


  • मेरोभ्यूज
  • पौष १३, २०८२ आइतबार

  • Galfot Saccos Agm 13c .jpg

    काठमाडौं । गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी सस्था लि. शङ्खमुल, काठमाडौंको २१औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    शङ्खमुल, काठमाडौंमा सस्थाका अध्यक्ष प्रशान्त ढकालको सभापतित्वमा शनिबार सम्पन्न सो साधारणसभाले अध्यक्ष ढकालद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखा समितिको प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी २ करोड ८२ लाख २५ हजार ७०० रुपैयाँको भएको छ भने निक्षेप ४४ करोड १७ लाख १६ हजार ३६५ रुपैयाँ भइ ऋण लगानी ३९ करोड ३३ लाख ९० हजार ३१३ रुपैयाँको हुन गएको छ । जगेडा ३ करोड २७ लाख ६८ हजार ६१६ रुपैयाँ रहन गएको सो सहकारीले विविध गरि चालु आ.व.मा ५३ करोड २१ लाख ९९ हजार ८८ रुपैयाँको कुल कारोबार गरेको छ ।

    सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको सो साधारणसभा विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।


    प्रकाशित : आइतबार, पौष १३ २०८२०८:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार