काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको १०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बत्तिसपुतली, काठमाडौंमा कम्पनीका अध्यक्ष राजेशकुमार श्रेष्ठको सभापतित्वमा आइतबार सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
चालु आ.व.को लेखापरीक्षकको प्रतिबेदनसहित वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार २०८२ कार्तिक महिनासम्म कम्पनीको आम्दानी रु. २७ करोड ८५ लाख ८ हजार भएको र सावाँ व्याज तथा प्रशासनिक खर्चमा भुक्तानी गरिएको समेत कम्पनीले जनाएको छ । कायम रहेको ९६,२५,००० थान शेयर पूँजीको १:१ को अनुपतमा हकप्रद निश्काशन सम्बन्धी निर्णय प्रक्रिया सम्बन्धित निकायसँग भइरहेको साधारणसभामा बताइएको थियो ।
आ.व. २०८२ मा कम्पनीले १५५६४६०० कि.वा.आ. विद्युत उत्पादन गरी जम्मा रु. ८,९०,४३,६१६.८० प्राप्त गरेको छ ।
साधारणसभामा शेयरधनीहरुबाट राखिएका विभिन्न जिज्ञासाको समाधान कम्पनी अध्यक्ष श्रेष्ठले गरेका थिए ।
यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो भने पाँचथर जिल्लास्थित हेवा खोलामा १४.९ मे.वा. जडित क्षमताको हेवा खोला ए जल विद्युत आयोजनामा केही बर्ष अघि आएको बाढीपहिरोले अवरोध गरेता पनि हालको अवस्था सन्तोषजनक रहेको समेत कम्पनीले जनाएको छ ।
-----

