काठमाडौं । शुभ कालिका बचत तथा ऋण सहकारी सस्था लि. बत्तिसपुतली, काठमाडौंको १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पुरानो बानेश्वर, काठमाडौंमा सस्थाका अध्यक्ष बद्रीभक्त मैनालीको सभापतित्व तथा मैनाली समाज नेपालका अध्यक्ष शम्भुप्रसाद मैनालीको प्रमुख आतिथ्यमा हालै सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष बद्रीभक्त मैनालीद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिबेदनसहित विभिन्न प्रतिबेदन, वासलात, आय-व्यय विवरण, आ.व. २०८२/०८३ को अनुमानित बार्सिक नीति तथा बजेट सम्बन्ध पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरणलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार आ.व. २०८२ असार मसान्तसम्म सस्थाको शेयर पूँजी ४ करोड ४५ लख २२ हजार ३०० रुपैयाँको भएको छ । निक्षेप हिसाब २१ करोड ९६ लाख १३ हजार ५९७ रुपैयाँ भइ कर्जा लगानी २३ करोड ५१ लाख ४६ हजार ८९२ रुपैयाँको हुन गएको छ । २ करोड ३९ लाख २ हजार २२० रुपैयाँ जगेडा कोष रहन गएको सो सहकारीले चालु आ.व.को असार मसान्तसम्म ३४ करोड ४० लाख ३५ हजार ५०६ रुपैयाँको कूल कारोबार गरेको छ ।
साधारणसभामा पूर्व मन्त्री, पूर्व सचिव, प्रशासक, समाजसेवी, सहकारीकर्मी, अभियन्ता, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमका साथमा साधारणसभा सम्पन्न भएको थियो ।

