२०८३, कार्तिक ११ गते बुधबार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा शुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा शुरु


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०८२ मंगलबार

  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा शुरु

     

    सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ ।

    प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमूना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा (इएचएस) सेवाका बिरामीका लागि दुई घण्टाभित्र तथा बाह्य तथा भर्ना (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि तीन घण्टाभित्र उक्त सेवा उपलब्ध गराइनेछ ।

    उक्त प्रयोजनका लागि हाल सञ्चालनमा रहेका आपतकालीन ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी ‘केन्द्रीय प्रयोगशाला पुसदेखि सञ्चालन शुरु गरिएको प्रधानले जानकारी दिए ।

    यसअघि आपतकालीन ल्याबबाट सीमित प्रकारका परीक्षण मात्र उपलब्ध हुँदै आएको थियो । नयाँ व्यवस्थाले रुटिन ल्याब र आपतकालीन ल्याबमा छुट्टाछुट्टै नमूना पठाउनु पर्ने दोहोरो प्रक्रिया अन्त्य हुनेछ ।

    साथै वार्ड राउन्डका क्रममा बिरामीको प्रयोगशाला परीक्षण रिपोर्ट समयमै र सहजरूपमा उपलब्ध हुने अपेक्षा गरिएको प्रवक्ता प्रधानको भनाइ छ ।

    प्रयोगशाला नमूना सङ्कलन आपतकालीन, आइपिडी तथा इएचएस (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि चौबिसै घण्टा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ ।


    प्रकाशित : मंगलबार, फाल्गुण २६ २०८२०८:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार