२०८३, कार्तिक ११ गते बुधबार

गुल्मीमा तीन सय ५५ प्रजातिका चरा

गुल्मीमा तीन सय ५५ प्रजातिका चरा


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०८२ मंगलबार

  • गुल्मीमा तीन सय ५५ प्रजातिका चरा

     

    गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या तीन सय ५५ पुगेको हो ।

    जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा उक्त सङ्ख्यामा चराहरू रहेका सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए ।

    यही क्षेत्रमा पछिल्लो अध्ययनमा विभिन्न ३० प्रजातिका चरा फेला परेको उनले बताए ।

    नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेका छन् ।

    यहाँ विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चरा रहेका भट्टराईले बताए ।

    ती चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् ।

    यस्तै, काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रहेको छ ।

    “यहाँ नेपालमा पाइने नौ सय तीन प्रजातिका चरामध्ये करिब ४० प्रतिशत चरा फेला परेका छन् । विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर यस क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि वासस्थानलाई जोगाउन लाग्नुपर्ने आवश्यकता छ”, भट्टराईले सुनाए ।

    रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जिल्लामा धार्मिक पर्यटनसँगै चरा पर्यापर्यटनको लागि प्रचुर सम्भावना रहेकाले यसको प्रचार र संरक्षणका लागि लाग्नुपर्ने बताए ।

    यसले पर्यटन प्रवर्द्धन र स्थानीयस्तरमा जीविकोपार्जनमा टेवा पुग्ने भएकाले नगरपालिकाले यसमा काम गर्ने बताए ।

    पंछी संरक्षण सङ्घले विगत १० वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चरा संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।


    प्रकाशित : मंगलबार, फाल्गुण २६ २०८२०८:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार