२०८३, कार्तिक ११ गते बुधबार

गुडविल फाइनान्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

गुडविल फाइनान्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न


  • मेरोभ्यूज
  • चैत्र १०, २०८२ मंगलबार

  • Goodwill Agm 10a .jpg

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    कमलपोखरी, काठमाडौँमा मङ्गलबार कम्पनीको सञ्चालक समितिकको तर्फबाट अध्यक्ष दिलिप कुमार मुनकर्मीको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अध्यक्ष मुनकर्मीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    साधारण सभाले लेखापरीक्षणको प्रतिवेदनसहित आ.व. २०८२ असार मसान्तसम्मको वासलात तथा आ.व. २०८१ /०८२ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।

    आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेसम्बन्ध स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धका साथमा अन्य विविध प्रस्तावहरूसमेत साधारण सभामा पारित भएका छन् ।

    साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार आ.व. २०८२ मा कम्पनीको निक्षेप रु. १२,१३,५९,६२,२०४।०० कायम भएको छ । कर्जा प्रवाह रु. ९,०७,२१,२८,९८८।०० भइ लगानी रु. ४,०६,१७,४२,९६७।०० रहन गएको छ । कम्पनीको समीक्षा अवधीमा चुक्ता पूँजी रु. ९४,६१,१५,२००।०० कायम भएको छ ।

    साधारण सभामा उपस्थित शेरधनीहरूद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफ अध्यक्ष मुनकर्मी तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरद्वारा दिइएको थियो ।

    यसैगरी आगामी आ.व.मा कम्पनीलाई अझ सशक्त बनाइ लगानी क्षेत्र बढाइ सक्रियताका साथ अगाडि बढाइने कम्पनीले जनाएको छ । शेयरधनीहरूको मागलाई ध्यान दिइ आउँदा आ.व.हरूमा सन्तोषजनक मुनाफासमेत बाँडिने कम्पनीले दाबी गरेको छ । साथै विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

    Goodwill Agm 10b .jpg


    प्रकाशित : मंगलबार, चैत्र १० २०८२०९:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार