२०८३, कार्तिक ११ गते बुधबार

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट


  • मेरोभ्यूज
  • बैशाख २, २०८३ बुधबार

  • पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

     

    ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ ।

    दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

    पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले हाल अनलाइन टिकट बुकिङ प्रणाली परीक्षण चरणमा रहेको जानकारी दिए ।

    उनका अनुसार अहिले सङ्ग्रहालय परिसरमा रहेका दुईवटा काउन्टरमार्फत टिकट वितरण हुँदै आएको छ भने टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था पहिले नै शुरु भइसकेको छ ।

    “हालसम्म भौतिक काउन्टरबाट टिकट काट्नु पर्ने बाध्यता थियो”, प्रमुख लाखेले भने, “अब घरबाटै अनलाइन माध्यम प्रयोग गरी टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेपछि पर्यटकहरूका लागि अझ सहज हुनेछ । हामी यो प्रणाली छिट्टै औपचारिकरूपमा शुरु गर्ने तयारीमा छौँ, अहिले परीक्षण भइरहेको छ ।”

    अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नु पर्ने झन्झट हट्ने, समयको बचत हुने तथा पर्यटक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास सङ्ग्रहालय प्रशासनले लिएको छ ।

    विशेषगरी पर्यटकको चाप बढी हुने सिजनमा यसले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

    पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार तीन सय पर्यटकले अवलोकन गरेका छन् ।

    सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल एक लाख पाँच हजार तीन सय विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।


    प्रकाशित : बुधबार, बैशाख २ २०८३०८:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार