२०८३, कार्तिक ११ गते बुधबार

प्रभु इन्स्योरेन्सको ३०औँ वार्षिक साधारण सभा सम्पन्न विभिन्न प्रस्तावहरू पारित

प्रभु इन्स्योरेन्सको ३०औँ वार्षिक साधारण सभा सम्पन्न विभिन्न प्रस्तावहरू पारित


  • मेरोभ्यूज
  • बैशाख ११, २०८३ शुक्रबार

  • Prabhu Insurance 11a .jpg

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड तिनकुने काठमाडौंको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    काठमाडौंमा कम्पनीका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा हालै सम्पन्न सोसाधारण सभाले कम्पनीको आ.व. २० ८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आ.व. २०८२ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेसम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरूसमेत साधारण सभामा पारित भएका छन् ।

    साधारण सभामा जनाइए अनुसार कम्पनीको चुक्ता पूँजी रु. १,७०,०९,५५,९१९।०० को ०.४५७९ प्रतिशतले हुने रकम रु. ७७,८८,५८८।०० नगद लाभांश वितरण गर्ने घोषणा कम्पनीले गरेको छ भने चुक्ता पूँजीको ८.७० प्रतिशतले हुन आउने रकम रु. १४,७९,८३,१६५।०० वोनस शेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।

    साधारण सभामा शेयर धनीद्वारा उठाइएका विभिन्न प्रश्नहरूको जवाफ अध्यक्ष मल्ल तथा कम्पनीका कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले दिएका थिए भने विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

    साथै प्राप्त सूचना अनुसार प्रभु इन्स्योरेन्समा कर्मचारी सञ्चय कोषको २१.६१% शेयर रहेको छ भने प्रभु बैंक लिमिटेडको १४% देवीप्रकाश भट्टचनको ७.७३% राजेन्द्र मल्लको ३.७४% पूर्णमान शाक्यको १.६०% प्रभु म्यानेजमेन्ट प्राइभेट लिमिटेडको १.३०% शेयर रहेको छ भने उनीहरू प्रतिशतभन्दा धेरै शेयर स्वामित्व भएका शेयरधनीहरूमा परेका छन् ।

    Prabhu Insurance 11b .jpg


    प्रकाशित : शुक्रबार, बैशाख ११ २०८३०९:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार