
काठमाडौं । माविलुङ्ग इनर्जी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कुपन्डोल, ललितपुरमा शुक्रबार कम्पनीका अध्यक्ष होमबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले कम्पनीको आ.व. २०८१ तथा ८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले आ.व. २०८१ तथा ८२ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा/ नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२ तथा ८३ को लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेसम्बन्ध, निर्वाचनसम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरूसमेत साधारण सभामा पारित भएका छन् ।
साधारण सभामा जनाइए अनुसार २०८२ असार मसान्तसम्मको कम्पनीको अधिकृत पूँजी रु. ४००,०००,००० रहेको छ भने जारी पूँजी रु. ३८५,८२४,००० भइ चुक्ता पूँजी रु. १९६,७७१,००० हुन गएको छ ।
कम्पनीले २०८३ जेष्ठमा मात्रै २२,३१,७४० किलोवाट विद्युत उत्पादन गरी बिक्रीसमेत गरिसकेको छ भने सन्तोषजनक मुनाफा आर्जन गरेको समेत कम्पनीले जनएको छ ।
यसभन्दा अघि २०८२ कार्तिक महिनामा कम्पनीले २७,११,२२३।९० किलोवाट विद्युत उत्पादन गरी रेकर्ड तोडेको थियो ।
त्यसैगरी साधारण सभामा शेयर धनीहरूले सोधिएको विभिन्न सवालहरूको जवाफ अध्यक्ष श्रेष्ठ तथा अन्य पदाधिकारीहरुले दिएका थिए ।
साथै साधारण सभाले आगामी कार्यकालका लागि कम्पनीको सञ्चालक सदस्यहरूमा होमबहादुर श्रेष्ठ, शिवराज भण्डारी, आँचल श्रेष्ठ स्वतन्त्र सञ्चालकबाट निलीमा जोशी तथा सर्वसाधारणबाट भूपेन्द्र जोन्छेलाई चयन गरेको छ भने साधारण सभा विविध कार्यक्रमका साथमा सम्पन्न भएको थियो ।
कम्पनीको आयोजनास्थल संखुवासभा जिल्लाको चैनपुर तथा मादी भएर बग्ने माथिल्लो पिलुवा खोला रहेको छ । जसको उत्पादन क्षमता ४.९५ मेघावाट रहेको छ ।


