२०८३, कार्तिक ११ गते बुधबार

कोरोना संक्रमण दर घट्यो, आज छ हजार संक्रमणमुक्त

कोरोना संक्रमण दर घट्यो, आज छ हजार संक्रमणमुक्त


  • मेरोभ्यूज
  • माघ १५, २०७८ शनिबार

  • कोरोना संक्रमण दर घट्यो, आज छ हजार संक्रमणमुक्त
    काठमाडाैं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कुल परीक्षणको करिब ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
     
    यसअघि नेपालमा कुल परीक्षणको ५० प्रतिशत बढीमा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार आज १४ हजार ५६२ नमुनाको परीक्षण गर्दा चार हजार ९०४ मा संक्रमण पुष्टि भएको छ ।
     
    सो अवधिमा ५ हजार ९२४ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । २४ घन्टामा कोरोना संक्रमणबाट छ जनाको ज्यान गएको छ । सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ ।
     
    हालसम्म कोरोनाबाट ११ हजार ७०३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ५२ लाख नौ हजार ५९६ नमूना परीक्षण गर्दा नौ लाख ४७ हजार ३९२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
     
    हालसम्म आठ लाख ४८ हजार ३६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा एक करोड ६५ लाख २७ हजार ७४१ पहिलो डोज, एक करोड ४० लाख १५ हजार ३४२ र तीन लाख ३३ हजार ८३५ मात्र बुस्टर डोज लगाइएको मन्त्रालयले जनाएको छ ।


    प्रकाशित : शनिबार, माघ १५ २०७८०५:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार