२०८३, कार्तिक ११ गते बुधबार

‘ओमिक्रोन’ भेरियन्टको जोखिम बढ्यो, अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

‘ओमिक्रोन’ भेरियन्टको जोखिम बढ्यो, अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह


  • मेरोभ्यूज
  • मंसिर १५, २०७८ बुधबार

  • ‘ओमिक्रोन’ भेरियन्टको जोखिम बढ्यो, अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

    काठमाडौं । ‘ओमिक्रोन’ भेरियन्टको जोखिम बढेको भन्दै सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको हो । 

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए । उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । उनले ओमिक्रोन भेरियन्ट फैलन नदिन आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए । 

    ‘नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

    उनका अनुसार उक्त भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । 

    केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरेको छ । 

    मन्त्रालयले कोभिड–१९ वि?द्धको खोपले गम्भीर संक्रमण हुनबाट बचाउन मद्धत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गई खोप लगाउन पनि अनुरोध गरेको छ ।

    health-noticed.jpg

     


    प्रकाशित : बुधबार, मंसिर १५ २०७८०४:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार