२०८३, कार्तिक ११ गते बुधबार

फागुन १ देखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डाेज

फागुन १ देखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डाेज


  • मेरोभ्यूज
  • माघ २८, २०७८ शुक्रबार

  • फागुन १ देखि १८ वर्षमाथिका  सबै नागरिकलाई बुस्टर डाेज

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले आगामी फागुन १ गतेदेखि सबै नागरिकलाई काेराेनाविरूद्धकाे बुस्टर डाेज दिने बताएका छन् । मन्त्रालयकाे जिम्मेवारी सम्हालेकाे १०० दिनकाे प्रगति सार्वजनिक गर्दै उनले १८ वर्षदेखि माथिका सबै नागरिकलाई बुस्टर डाेज दिइने बताए । 

    ‘खोप सल्लाहकार समितिबाट १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ’, उनले भने, ‘फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नेछन् ।’ अग्रपंक्तिमा खटिइनेलाई बुस्टर डाेज लगाउन प्राथमिकतामा राखिएकाे उनकाे भनाइ छ । 

    चिकित्सकहरूले कोरोना संक्रमण भएका व्यक्तिले संक्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र खाेपकाे दुवै मात्रा पूरा गरेकाे ६ महिनापछि बुस्टर डोज लिन सक्ने बताएका छन् । 


    प्रकाशित : शुक्रबार, माघ २८ २०७८०२:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार