२०८३, कार्तिक ११ गते बुधबार

मेयर कप क्रिकेटमा उपाधिका लागि दशरथचन्द र खलङ्गा भिड्ने

मेयर कप क्रिकेटमा उपाधिका लागि दशरथचन्द र खलङ्गा भिड्ने


  • मेरोभ्यूज
  • चैत्र १, २०७८ मंगलबार

  • मेयर कप क्रिकेटमा उपाधिका लागि दशरथचन्द र खलङ्गा भिड्ने

    बैतडी । दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा–५ दशरथचन्द र दनपा–४ खलङ्गा भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा दनपा–६ थालिगडालाई ४ विकेटले हराउँदै दशरथचन्दले उपाधि भिडन्त पक्का गरेको हो ।

    खलङ्गा गत संस्करणको विजेता हो भने दशरथचन्द उपविजेता हो । गतवर्ष दशरथचन्दलाई ४ रनले हराउँदै खलङ्गाले उपाधि हात पारेको थियो । आजको खेलमा थालिगडाले दिएको १३४ रनको लक्ष्य दशरथचन्दले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि सुदीप टमटाले ३३ र जगदीश चन्दले अविजित २६ रनको योगदान दिए ।

    बलिङतर्फ थालिगडाका सौरभ चन्दले २ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको थालिगडा १६.१ ओभरमा १३३ रनमा समेटियो । उसका लागि कल्पेस चन्दले ३७ र मनोज ऐरीले ३६ रनको योगदान दिए । बलिङतर्फ दशरथचन्दका रोविन चन्द एक्लैले ५ विकेट लिए ।

    उनी खेलका म्यान अफ दी म्याच चुनिएको स्कोरर खेमराज भट्टले जानकारी दिए । उपाधिका लागि बुधबार खेल हुने दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । उपाधि विजेताले रु ७५ हजार र उपविजेताले रु ५० हजार पुरस्कार पाउने समितिका संयोजक रमेश भट्टले बताए ।

    दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा गत फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए ।


    प्रकाशित : मंगलबार, चैत्र १ २०७८१०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार