काठमाडौं । चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–३ को ‘डिजिटल अडिसन’ नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक पेवेल नेपालमार्फत गर्न सकिने भएको छ । कमेडी च्याम्पियनको अडिसन यही जनवरी ११ देखि खुलिसकेको छ ।
डिजिटल अडिसनका लागि प्लेस्टोर वा एप स्टोरबाट पेवेल एप डाउनलोड गर्न सकिनेछ । एपको एक्पोलर सेक्सनमा अडिसन ट्यामा क्लिक गरेर अडिनस फर्म प्राप्त गर्न सकिनेछ । अडिसन फर्ममा सम्पूर्ण विवरण र पाँच मिनेटसम्मको अडिसन भिडियो अपलोड गर्न सकिने छ ।
पेवेल नेपाल एपबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी, फोहरको महसुल तिर्न, आन्तरिक हवाइ टिकट, बसको टिकट, विभिन्न विद्यालय तथा कलेजको शुल्क भुक्तानी गर्न सकिनेछ ।
विभिन्न क्षेत्रको बिल भुक्तानी गर्न, विभिन्न ठाउँबाट पठाएको पैसा प्राप्त गर्न तथा पठाउन, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न, अनलाइनबाट खरिद गरिएको सामग्रीको भुक्तानी गर्न सकिनेछ । पेवेल वालेटमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल एप, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपिएसबाट रकम राख्न सकिनेछ ।
पेवेल नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था आबद्ध छन् । पेवेल वालेट गुगल प्लेस्टोर र एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

