२०८३, कार्तिक ११ गते बुधबार

क्यान इन्फोटेक २०२३ को टिकेटिङ पार्टनर पेवेल नेपाल

क्यान इन्फोटेक २०२३ को टिकेटिङ पार्टनर पेवेल नेपाल


  • मेरोभ्यूज
  • माघ १६, २०७९ सोमबार

  • क्यान इन्फोटेक  २०२३ को टिकेटिङ पार्टनर पेवेल नेपाल

    काठमाडौं । मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को टिकेटिङ पार्टनर पेवेल नेपाल रहेको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान)को संयोजनमा आयोजित क्यान इन्फोटेक यही माघ २४ देखि माघ २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । 

    क्यान इन्फोटेक मेलामा प्रवेशका लागि पेवेल नेपाल एपबाट टिकट काट्न सकिनेछ । यसका लागि प्लेस्टोर वा एप स्टोरबाट पेवेल एप डाउनलोड गर्न सकिनेछ । टिकेट काट्नका लागि पेवेल नेपालको एकाउन्ट (केवाइसी) भेरिफाइड भएको हुनुपर्नेछ ।

    मेलामा भौतिकरुपमा उपस्थित भएर टिकट काट्दा प्रतिटिकट रू १०० लाग्ने छ । विद्यार्थीलाई ५० प्रतिशत छुट छ । पेवेल एपबाट टिकट काटेमा प्रतिटिकट रु २५ मात्र लाग्ने कम्पनीले जनाएको छ । 

    पेवेल नेपाल एपबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी, फोहरको महसुल तिर्न, आन्तरिक हवाइ टिकट, बसको टिकट, विभिन्न विद्यालय तथा कलेजको शुल्क भुक्तानी गर्न सकिनेछ । 

    विभिन्न क्षेत्रको बिल भुक्तानी गर्न, विभिन्न ठाउँबाट पठाएको पैसा प्राप्त गर्न तथा पठाउन, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न, अनलाइनबाट खरिद गरिएको सामग्रीको भुक्तानी गर्न सकिनेछ । पेवेल वालेटमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल एप, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपिएसबाट रकम राख्न सकिनेछ ।


    प्रकाशित : सोमबार, माघ १६ २०७९०५:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार