२०८३, कार्तिक ११ गते बुधबार

प्रदेश २ का एक हजारभन्दा बढी निर्माणकर्मीलाई शिवम् सिमेन्टबाट पाँच लाख बीमा

प्रदेश २ का एक हजारभन्दा बढी निर्माणकर्मीलाई शिवम् सिमेन्टबाट पाँच लाख बीमा


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • प्रदेश २ का एक हजारभन्दा बढी निर्माणकर्मीलाई शिवम् सिमेन्टबाट पाँच लाख बीमा

    काठमाडाैं । शिवम् सिमेन्ट लिमिटेडले प्रदेश २ का एक हजारभन्दा बढी निर्माणकर्मीलाई पाँच लाख रुपैयाँ बराबरको बीमा गरिदिएको छ ।  प्रदेशको १२ स्थानमा निर्माणकर्मीहरूसँग प्राविधिक अन्तरक्रिया पनि गरेको सो कम्पनीले जानकारी दिएको छ । 

    मर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूलाई बीमा पोलिसी हस्तान्तरण गरेको हो ।

    शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरूमा हालसम्म २५ सयभन्दा बढी निर्माणकर्मीहरूलाई परामर्श र पाँच लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपलब्ध गराएको जनाएको छ ।

    अन्तरक्रिया कार्यक्रमहरूमा निर्माणकर्मीहरूलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्या समाधान उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको हो ।

    शिवम् सिमेन्टका उत्पादनहरूलाई सरकारले नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआइ यूआरएस प्रमाणित आइएसओ सर्टिफिकेट प्रदान गरेको छ ।


    प्रकाशित : सोमबार, पौष १२ २०७८०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार