२०८३, कार्तिक ११ गते बुधबार

भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा

भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा


  • मेरोभ्यूज
  • कार्तिक २०, २०८१ मंगलबार

  • भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा

    भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएको छ ।

    किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी, सिंहदेवीस्थानको विकास गर्दै एकीकृत पर्यटकीय क्षेत्र निर्माणको अवरधारणाअनुसार काम भइरहेको छ । त्यसनिम्ति विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर काम थालिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ७७ लाखको लागतमा भौतिक संरचनाको विकास गरिएको वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले बताए ।

    पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायत संरचना निर्माण गरिएका उनले बताए ।

    विसं १९४४ मा स्थापना गरिएको पाँचधारे पोखरीको संरक्षण, सिंहदेवीस्थानमा सांस्कृतिक भवन निर्माण गरिएको छ । पाँचधारे पोखरीको मौलिकता परिवर्तन नगरी जीर्णोद्धार तथा संरक्षणको काम गरिएको छ ।

    पाँचधारे क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध रूपमा काम थालिएको तथा पर्यटकको सहजताका लागि हाल निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसम्म पुर्याउने लक्ष्य छ ।

    किरातेश्वर ढुङ्गे बगैँचा किरातहरूको आस्था केन्द्र र पाँचधारे पोखरीको धार्मिक महत्व रहेको स्थानीय अधिराज राईले बताए । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटकको विकासमा टेवा पुग्ने उनले जानकारी दिए ।

    पाँचवटा मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने तथा पोखरीका माछा कसैले खाए त्यसले बाधा हुने उनले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, कार्तिक २० २०८११०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार