काठमाडौं । आकर्षक र सुन्दर देखिने चाह हरकसैमा हुने गर्दछ। यसरि राम्रो देखिनको लागि मानिसले अनेकौ प्रकारका सौन्दर्य प्रसाधनका सामाग्रीहरू प्रयोग गर्नेगरेको पाइन्छ। यीनै सौन्दर्य सामाग्रीहरू मध्ये संसारमा सबैभन्दा धेरै उपयोग गरिने एउटा सौन्दर्य सामाग्री हो लाली अर्थात् लिपिस्टिक।
आफ्नो ओठलाई विभिन्न किसिमको आकर्षक रंङ्गरूप दिन विश्वका अधिकांश महिलाहरूले यो सौन्दर्य सामाग्रीको उपयोग गर्नेग्रेको पाइएकोे छ। लिपिस्टिकको प्रयोग ओठलाई सुन्दर र आकर्षक देखाउनका लागि गर्ने गरिन्छ। यसरी लगाउने वित्तिकै ओठलाई सुन्दर र आकर्षक देखाईदिने लिपिस्टिक अनेकै रंगहरूमा उपलब्ध छन् ।
लिपस्टिकमा प्रयोग हुने यी रङ यथार्थमा प्राकृतिक रङ नभएर कृतिम र रासायनिक रङहरू हुन्। यसर्थ लिपस्टिक प्रयोग गर्दा हामीले ओठमा मनले चाहेको रङले ओठलाई रङ्ग्याउनुको साथसाथै स्वास्थ्यलाई प्रतिकूल असर पार्ने किसिमको केमिकलको लेप पनि लगारहेका हुन्छौं।
यसरी निरन्तर रूपमा केमिकलले ओठ पोति रहँदा यसले स्वासथ्यमा अनेकौं प्रतिकूल असर पार्ने गरेका छन्। यसर्थ आउनुस् हामी पनि जानौ लिपस्टिकले सवास्थ्यमा पार्ने प्रतिकुल असर ।
के हो लिपस्टिकः
ओठको सौन्दर्यका लागि प्रयोग गरिने दण्डाकार सौन्दर्य सामाग्रीलाई लिपस्टिक गरिएको हो तर अब ओठको सौन्दर्यका लागि लगाईने सबै किसिमका जेल,जेली, पेष्ट वा तरल आदिलाई पनि लिपस्टिक नै भन्ने भरिन्छ। लिपस्टिक बनाउनको लागि मुख्यतः मैन, तेल, एण्टिअक्सिडेण्ट, रङ रसायन र ओठलाई आद्र बनाउने रसायन हालिएको हुन्छ ।
१) मैनः मैनको प्रयोग लिपस्टिकलाई आकार र आकृति प्रदान गर्न गर्ने गरिन्छ। मौरीको मैन, क्यान्डेलिलाको मैन, पेट्रोलियम मैन र केही सेन्थेटिक मैनहरूको प्रयोग लिपस्टिकमा गर्ने गरिएको छ।
२) तेलः लिपस्टिकलाई स्नेहक ९लुब्रिकेटिङ्ग० बनाउनको लागि विभिन्न किसिमका तेलहरू जस्तै, जैतुनको तेल, खनिज तेल, कोका बटर, चिउरीको तेल, र पेट्रोलियम आदि प्रयोग गर्ने गरिन्छ।
३) रङ रसायनः लिपस्टिकमा धेरै प्रकारका रङ रसायनहरूको प्रयोग गरियको हुन्छ। ती रङ रसायनहरूमा मुख्यतः सिसा, एल्युमिनियम, क्याडमियम, क्रोमियम र म्याग्नेसियमको, म्याङ्गनीज, पेट्रोलियम प्रोडक्ट,अलाकत्रा, ईष्टर थ्यालेटस, अक्सिबेञ्जन, मिथाईल–प्याराबिन, पोलि–प्याराबिन, डाई, रेनिटाईल पाल्मिटेट, डी एण्ड सी रेड ७, २१, २२, ३४ हेमाटिन, हेमाट्याक्सोलिन, ब्रोमो एसिड,टाईटेनीयम अक्साईड, डी एण्ड सी अरेन्ज १७, क्यालसियम लेक, सिलिका जस्ता सामाग्रीहरू हालिएका हुन्छन्।
लिपस्टिकको स्वास्थ्यमा असरः
१) एलर्जीः लिपस्टिकको प्रयोगले एलर्जी पनि हुन सक्छ। एक अनुसन्धानका अनुसार यसमा प्रयोग गरिने कृत्रिम रङ्गहरू मुख मार्ग हुँदै शरीरभित्र पुग्दा एलर्जी र डर्मेटाइटिस हुने सम्भावना रहन्छ।
२) आँखा पोल्ने समस्याः लिपस्टिकमा हालियका अधिकांश केमिकलहरू आँखाको स्वास्थ्यको लागि पनि हानिकारक मानियका छन। यी केमिकलहरू उडेर वा हातले छोएर आँखाको सम्पर्कमा आउदा आँखाको जलन गराउन सक्छ ।
३) पेटको समस्याः लिपस्टिकमा सिसा लगाएतका भारी धातु हालीएको हुन्छ। यी भारी धातुहरू पेट आन्द्रा, कलेजो, मृगौला, प्यान्क्रियाज जस्ता कोमल अङ्गहरूको लागि अत्यन्त हानीकारक छन्। ओठमा लिपस्टिक लगाउनाले मुखको माध्यमबाट पेटमा सिसा लगाएतका भारीधातुहरू पुग्न सक्छ, जसले पेट, आन्द्रा, मिर्गौला र कलेजोको समस्या निम्त्याउन सक्छ।
४) स्नायूको समस्याः लिपस्टिक लगाउनाले स्नायू एवं मस्तिष्कसँग सम्बन्धित समस्या पनि आउन सक्दछ। अनुसन्धानले लिपस्टिक बनाउन प्रयोग हुने सिसालाई न्युरो टक्सिक अर्थात् मस्तिष्कमा क्षति पुर्याउन सक्ने रसायनको रूपमा बताएको छ । सीसाको कारणले स्मरणशक्तिमा कमी आउने नशानाडीहरू सुन्नीने र सुन्ने पनि हुन्छ। यसैगरि मस्तिष्कमा पुग्ने सिसाको उच्च स्तरले स्नायूहरूको संवेग प्रसारणमा हस्तक्षेप गर्ने, शरीरमा क्याल्सियमको आपूर्तिमा हस्तक्षेप गर्ने आदि गर्दछ। यसै गरि लिपस्टिकमा हालिएको क्याडमियम पनि मस्तिष्कको लागि धेरै हानिकारक रसायन हो ।
५) गर्भावस्थाको लागि हानिकारकः लिपस्टिक बनाउन प्रयोग गरिने सिसा, ईष्टर थेलेट्स र अन्य भारी धातुहरू गर्भावस्थाको लागि खतरनाक भएको कुरा विभिन्न अनुशंधानले दर्शायका छन्। यसले गर्भवती महिला र उनको पेटमा भएको भ्रूणलाई हानि पुर्याउन सक्छ र गर्भपतन पनि हुन सक्छ।
६) बाँझोपनः लिपस्टिकमा पाइने विभिन्न केमिकलका कारण पनि बाँझोपनको समस्या आउन सक्ने विश्वास गरिएको छ । महिलाहरूले दिनभरि धेरै पटक ओठमा लिपस्टिक लगाउँदाँ लिपस्टिकमा पाइने रसायनहरू मुख हुँदै पेटमा पुग्दछन्।
७) हार्मोनल असन्तुलनः लिपस्टिकमा पाइने विभिन्न रसायनहरूलाई हर्मोनल असंतुलनको मुख्य जिम्मेदार ठहर्याइएको छ। यी तत्वहरू जस्तै सिसा, थ्यालेट्स आदिलाई ईण्डोक्राईन डिस्रप्टीङ्ग फ्याक्टरको रूपमा चित्रण गरेएको छ।
८) क्यानसरः लिपस्टिकमा प्रयोग गरिएका विभिन्न तत्वहरूले क्यानसर गराउन पनि सक्दछ।

