२०८३, कार्तिक ११ गते बुधबार

पायल्स भएकाहरूले के–के गर्ने, के–के नगर्ने ?

पायल्स भएकाहरूले के–के गर्ने, के–के नगर्ने ?


  • हेमराज काेइराला
  • पौष ९, २०७९ शनिबार

  • पायल्स भएकाहरूले के–के गर्ने, के–के नगर्ने ?

    काठमाडाैं । हर्षा, पाइल्स, बबासीर, हेमोरोइड्स, अर्ष तथा मूलव्याधी जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताका रक्तनली विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन् । यो रोग सुरु हुँदा मलाशय तथा गुद्वारमा भारीपन बड्ने, चिलाउने, दिसा खलास नहुने र अली अली दुख्ने जस्ता लक्षणहरू देखापर्दछन् । रोग बढ्दै  गएमा मलाशयका रक्त नली सुन्निने, फुट्ने भई अकस्मात रक्तश्राव हुने गर्दछ ।

    सुन्निएका रक्त नली र वरिपरीका तन्तुहरू तलतिर खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पा जस्तो मासुका डल्ला–डल्लीहरू गुद्वार वरिपरी देखिने गर्दछन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने दिशा अड्केको आभाष हुने उठ्न, बस्न, हिँडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको भान हुने एवं मासीपर्ने मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरु पनि यो रोगमा देखा पर्दछन् ।

    कारणहरूः–
    इन्टरनल हेमरोइडल भेनस प्लेक्सेस (.गुद्वारभित्रका रक्तशीराहरू) लाई असाधारण तरिकाले तन्काइ दिने गर्छ कुनै पनि काम यो रोगको कारण हो । यी कारणहरू मध्ये कब्जियत कै भूमिका मुख्य छ । यसका अलावा गर्ह्राैं भारी उचाल्नाले, कलेजकोको रोग (लिवर सिरोसीस भएमा) गुद्वारको क्यान्सर भएमा, आउ, मासी तथा डाइरिया जस्ता पेटका समस्या हुँदा, गुदा–मैथुन गर्नेहरू, गर्भवती र गर्भपात गर्नेहरूमा, मोटोपन भएकाहरूमा पाइल्सको समस्या ज्यादा देखिएको छ ।

    साइकियाट्रिक औषधिको सेवन गर्ने, राति जागै रहनेहरुमा, उभिएर काम गर्नेहरू जस्तै ट्राफिक पुलिस, कन्डक्टर, कुली, मजदुहरू भारोत्तोलक खेलाडीहरू ज्यादै देखिएको छ । यो रोग वंशानुगत कारणहरुले पनि हुने गर्दछ ।

    के के गर्ने ।
    १. प्रशस्त पानी पिउनुहोस् ।
    २. ३ हप्तासम्म अन्न त्यागगरी फलफूल र तरकारीहरू मात्र खानुहोस् ।
    ३. मोही, दालको रस, प्राकृतिक सुपको सेवन गर्नुहोस् ।
    ४. तातो कटिस्नान वा सिट्जबाथ गनुहोस् ।
    ५. सुपाच्य खानेकुराहरूमात्र खाने गरौं ।
    ६. अन्तरनिहित कारणहरू पत्ता लगाएर उपचार गराउनुहोस् ।

    के के नगर्ने ।
    १. दिशा गर्दा कन्ने वा बल लगाउने नगर्नुहोस् ।
    २. भारी सामान नउठाउनु होस् ।
    ३. लामो समयसम्म एउटै स्थानमा बसि नरहनुहोस् ।
    ४. रेचक औषधि र एनीमाको अत्यधिक प्रयोग नगर्नुहोस् ।
    ५. तनाव, चिन्ता, भय, उदासीनता र नैराश्यताबाट बच्नुहोस् ।
    ६. गरिष्ठ भोजनको सेवन नगर्नुहोस् ।


    प्रकाशित : शनिबार, पौष ९ २०७९०९:०६
  • शेयर:


  • हेमराज काेइराला
    (डा काेइराला याेगी नरहरिनाथ याेग तथा प्राकृतिक चिकित्सालय चितवनका निर्देशक हुन् ।)
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार