२०८३, कार्तिक ११ गते बुधबार

तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु


  • मेरोभ्यूज
  • बैशाख ३०, २०८२ मंगलबार

  • तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

    म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो ।

    धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने तीन सय ५५ मिटर र वडा नं. ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग रु. चार करोड ७० लाख ३६ हजार दुई सय ५० मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ ।

    आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि दुई सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु. ६० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए ।


    प्रकाशित : मंगलबार, बैशाख ३० २०८२०८:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार