२०८३, कार्तिक ११ गते बुधबार

व्यावसायिक तरकारीखेती

व्यावसायिक तरकारीखेती


  • मेरोभ्यूज
  • कार्तिक १३, २०८२ बिहीबार

  • व्यावसायिक तरकारीखेती

     

    भोजपुर । वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् ।

    उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिकरूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताए ।

    “चार वर्षदेखि सागसब्जी लगाउँदै छु”, उनले भने, “वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन मिलेको छ ”, वडाबाट अनुदान, तालिम र प्राविधिक सहयोग पाएको जानकारी दिँदैं उनले भने ।

    किसानलाई अझ प्रोत्साहन गर्न उपकरणसमेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको उनको कथन छ ।


    प्रकाशित : बिहीबार , कार्तिक १३ २०८२०४:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार