२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट


  • मेरोभ्यूज
  • कार्तिक २१, २०८२ शुक्रबार

  • पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

     

    दाङ । जिल्लाको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ ।

    यहाँबाट दाङका सम्पूर्ण भू-भागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकोले पनि पर्यटक आउन थालेका छन् ।

    त्यत्तिमात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भू-भागको अवलोकन पनि गर्न सकिन्छ ।

    पछिल्लो समय राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको दङ्गीशरण–२ गोल्टाकुरीका प्रकाश डाँगीले बताए ।

    “यो क्षेत्र अवलोकनका हिसाबले रमणीय ठाउँ हो, त्यसैले पनि यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ”, उनले भने ।

    राजाकोट दङ्गीशरण राजाले औलो लाग्दा बस्ने गरेको ठाउँका रूपमा रहेको स्थानीय चक्रमिलन विश्वकर्माले बताए । उनका अनुसार सोही ठाउँमा टेलिकमको पुरानो टावर पनि छ ।

    गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ । नजिकै कुनै बेला हाटबजार जाँदा रुकुम, सल्यान, रोल्पाका नागरिकले प्रयोग गर्ने तिलकन्या नाका भएकोले पनि यो क्षेत्र पर्यटकीय हिसाबले उत्तम रहेको स्थानीय देवीराम कुसारीले बताए ।

    जहाँ विभिन्न स्थानका आन्तरिक पर्यटकले ‘हाइकिङ’समेत गरेका थिए ।

    गोल्टाकुरीबाट दुई घण्टामा पैदल हिँडेर त्यहाँ पुगेका थिए । सोही स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि पहल गर्ने दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, कार्तिक २१ २०८२१०:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार