२०८३, कार्तिक ११ गते बुधबार

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण


  • मेरोभ्यूज
  • चैत्र १, २०८२ आइतबार

  • भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

     

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । यो सँगै नदीका विभिन्नखण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।

    शुक्लाफाँटा-६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत रु. ८० लाख लागतमा एक सय ५० मिटर, सङ्घीय आयोजनाअन्तर्गत रु. पाँच लाख लागतमा २५ मिटर र प्रदेश सरकारको आयोजनाअन्तर्गत रु. १५ लाख लागतमा ५० मिटर तटबन्ध निर्माण भइरहेको छ ।

    टोटी नालामा रु. दस लाखभन्दा बढीको लागतमा करिब ४० मिटर तटबन्ध निर्माणको तयारी गरिएको उनले जानकारी दिए ।

    वडाध्यक्ष ऐरले वर्षाका बेला तीव्र भू-क्षय हुँदै आएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तटबन्ध निर्माण अघि बढाइएको बताउँदै दोस्रो प्राथमिकतामा सार्वजनिक जग्गा तथा बगर संरक्षण क्षेत्रलाई समेटिएको उल्लेख गरे ।

    स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनी वर्षातका बेला जग्गा कटान गर्दा ठूलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

    भू-क्षयको समस्या वडा कार्यालयमा राखेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुन थालेको उनको भनाइ छ ।

    स्याली नदीमा निर्माण भइरहेका तटबन्ध आयोजनाले सार्वजनिक सडक जोगिनुका साथै दुई सयभन्दा बढी स्थानीयको जग्गा भू-क्षयबाट सुरक्षित हुने अपेक्षा गरिएको छ ।


    प्रकाशित : आइतबार, चैत्र १ २०८२०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार